पोखरा, जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कको सहयोगमा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रजातान्त्रिक मूल्य मान्यता र संस्कारमा विश्वास राख्नेहरूद्वारा गठन गरिएको जयनेपाल फाउन्डेसन अन्तर्गत अन्तराष्ट्रिय समिति सहित नेपाल र विभिन्न प्रदेश एबम जिल्ला समितिहरु पनि गठन भैरहेका छन
फाउन्डेसन अन्तर्गत रहेको ग्लोबल युथ नेटवर्कले पहिलो चरणमा बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ४ स्थित राजेन्द्र आधारभूत विद्यालयका करिब एक सय जना र दोस्रो चरणमा बाजुराजिल्लाकै बुढिगंगा नगरपालिका वडा नम्बर ७ स्थित श्री शारदा मावि का ८० जना विपन्न जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो।
ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य रिता शाहीको लगायतको आतिथ्यतामा भएको उक्त कार्यक्रम सम्पन्न भएको अध्यक्ष पौडेलले गुरुकुल खबरलाई जानकारी दिए पौडेल सोहि कार्यक्रम सहित अन्य कामका लागि अष्ट्रेलियाबाट केहि दिनको लागि नेपाल आएका हुन।
उक्त कार्यक्रममा युथ नेटवर्कका अध्यक्ष पौडेल र केन्द्रीय सदस्य शाही सहित कांग्रेसका युवा नेता सुमन के सी, बुढिगंगा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष मीन बहादुर शाह , बुढिगंगा नगरपालिका वडा नम्बर ४ का सभापति गोरख खत्री लगायतले बिधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए।
जयनेपाल फाउन्डेसनको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्।