पोखरा, म्याग्दी जिल्लाबाट प्रतिनिधिसभामा निर्बाचित सांसद डा. महाबिर पुनलाई अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ। डा. महाबिर पुनसहितको टिमले गत सोमबार “महाबिर पुन सम्झना, सपना र अविरल यात्रा” नामको पुस्तक पोखराको पृथ्वीचोकमा बिक्री गरिरहेको अवस्थामा एक जना अपरिचित युवाले अपशव्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना सामाजिक संजालमा सार्बजनिक भएपछि प्रहरीले ति युवाको खोजि शुरु गरेको थियो ।
प्रहरीका अनुसार ति युवा कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ बर्षिय विकास गुरुङ रहेका छन। उनले जनताबाट सांसद निर्बाचित भएर पनि बाटो बाटोमा पुस्तक बिक्रि गर्नु राम्रो नभएको अभिव्यक्ति दिएपछि पुन र गुरुङको बिचमा भनाभन भएको सार्बजनिक भएको भिडिओमा देखिन्छ त्यसपछि दुबै जनाले थु थु गर्दै थुकेको पनि देखिन्छ ।
ति युवालाई बिहिबार पोखराको महेन्द्रपुलबाट पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका युवक विकास गुरुङ यस अगाडी तीनपटक सम्म लागु औषध मुद्दामा पक्राउ परेर सजाय भोगेको प्रहरी अभिलेखबाट देखिन आएको कास्की प्रहरीका सूचना अधिकारी एबम प्रहरी नायब उपरिक्षक हरीबहादुर बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए ।















