Play

दुबईको उडान खुलेपनि साउदी, कतार र कुबेतको उडान अझै अनिश्चित हुँदा नेपाली श्रमिक समेत प्रभावित

गुरुकुल खबर


काठमाडौँ, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि अबरुद्ध बनेका खाडी क्षेत्रका केहि मुलुकमा उडान सुचारु भएपनि केहीमा भने अझैपनि उडान बन्द रहेको छ यसक्रममा संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेत लगायत खाडी क्षेत्रका केहि मुलुकको नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ओहोरदोहोर गरेका छन् । यी यात्रुहरू मुख्यतः यूएईका दुबई र शारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं हुँदै आएका–गएका उडानका यात्रु हुन् । विमानस्थलका अनुसार फागुन २० देखि २७ गतेसम्म एयर अरेबिया, फ्लाई दुबई र हिमालय एयरलाइन्सले सञ्चालन गरेका दुईतर्फी ४३ उडानमार्फत ३ हजार ६५२ यात्रु नेपाल आएका छन् भने २ हजार २८ यात्रु यूएईतर्फ प्रस्थान गरेका छन् ।

काठमाडौं विमानस्थलले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा नेपाल र प्रमुख खाडी गन्तव्यहरूबीच यात्रु आवागमन स्थिर देखिएको छ । यस अवधिमा कार्गो ढुवानी पनि भएको छ । विमानस्थलका अनुसार ८ सय ३२ किलोग्राम कार्गो नेपाल भित्रिएको छ भने ६ हजार ९ सय २१ किलोग्राम कार्गो निर्यात भएको छ । खाडी क्षेत्रको रुटका अधिकांश उडान फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले सञ्चालन गरेका हुन् । विमानस्थलका अनुसार नियमित तालिकाअनुसार भएका यी उडानहरूले दुवै देशमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा सेवा दिएका थिए ।

नेपालबाट वैदेशिक रोजगारी, व्यावसायिक यात्रा तथा पारिवारिक भ्रमणका कारण गल्फ गन्तव्यहरू अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । तर, फागुन १६ मा इरानमा भएको हमलापछि कतार, साउदी अरब र कुवेततर्फका केही नियमित उडान अझै सञ्चालनमा आउन सकेका छैनन् । श्रम आप्रवासनका लागि नेपाल र खाडी क्षेत्रबीचको हवाई सम्पर्क अत्यन्त महत्त्वपूर्ण मानिन्छ । संयुक्त अरब इमिरेट्स लगायतका खाडी मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा दैनिक करिब ९० अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरेका छन् । सामान्य अवस्थामा खाडी मुलुकबाट मात्रै दुईतर्फी करिब २६ उडान दैनिक हुने गरेको विमानस्थलले जनाएको छ । हवाई अक्रामणपछि खाडी क्षेत्रका कतारसहित नौवटा देशले आफ्ना आकाशमा गैरसैनिक उडान रोक्दा कतार एयरवेजका दुईटा वाइडबडी विमान फागुन १६ पछि काठमाडौंमै रोकिए । तीमध्ये एउटा वाइडबडी विमानमा ३ सय यात्रु राखेर कतारले सोमबार एउटा जहाजलाई कतार नपठाई सिधैं काठमाडौंबाट लण्डन पठाइसक्यो ।

हाल कतारले निश्चित संख्यामा केही मुलुकहरुमा उडान खुला गरिसकेको छ । तर, नेपालमा अझै नियमित उडान हुने मिति सार्वजनिक गरीसकेको छैन । त्यसैगरी नेपाल वायुसेवा निगम र हिमाल एयरलायन्सले पनि युद्धसम्बन्धी बिमा गरेर रोकिएका यात्रुहरुका लागि दुबईमा उडान खोलेका छन् । तर, नियमित हुन अझै समय लाग्ने वायुसेवाका अधिकारीहरुले बताएका छन् ।

२८ फाल्गुन २०८२, बिहीबार ०७:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा