Play

समानुपातिक सांसदको संख्या: रास्वपा ५७, कांग्रेस २०, एमाले १६, नेकपा ९, राप्रपा र श्रम संस्कृतिका ४/४ जना

गुरुकुल खबर


पोखरा, निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न निर्बाचन अन्तर्गत विभिन्न राजनीतिक दलहरुले सामानुपातिक तर्फ पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएकाे हाे । निर्बाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गर्दा  नेपाली कांग्रेसले २० सिट र नेकपा एमालेले १६ सिट पाएको छन । यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट पाएका छन् ।

अन्य दलहरुले भने राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि आबश्यक मत पाउन सकेनन।  आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) मत सदर भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने छ वटा राजनीतिक दललाई भागबन्डा गरेर सिट संख्या निर्धारण गरिएको हो।

२८ फाल्गुन २०८२, बिहीबार २०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा