Play

कतारमा दलित एकता संजालको अधिबेशन, प्रकाश बिश्वकर्मा अध्यक्ष रहेको नयाँ समिति

गुरुकुल खबर


दोहा (कतार), नेपालबाट कतारमा पुगेर विभिन्न पेशा र व्यवसायमा सम्बद्ध रहेका दलित सनुदायसंग सम्बन्धित व्यक्तिहरुको संस्था दलित एकता संजाल कतारको छैटौं अधिबेशन सम्पन्न भएको छ।  कतारको सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनले प्रकाश बिश्वकर्मा अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ।

समितिको बरिष्ठ उपाध्यक्षमा बिमल परियार, उपाध्यक्षमा कृष्ण ताम्राकार र दिपक कुमार बिक, महिला उपाध्यक्षमा कोपिला परियार चयन भएका छन्।

कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निराम देवकोटाले कतारबाट गुरुकुल खबरलाई दिएको जानकारी अनुसार संजालको महासचिबमा अमृत बिश्वकर्मा, सचिबमा अम्बर बराइली र ऋषिराम बिश्वकर्मा, महिला सचिबमा अनिता परियार, कोषाध्यक्षमा छबिलाल परियार, सह कोषाध्यक्षमा सिता बिक चयन भएका छन ।

संजालको कार्सयसमितिको सदस्यहरुमा बिष्णु कुमार बिक, टिकाराम बराइली, कोशी प्रदेश संयोजकमा डोलेन्द्र बिश्वकर्मा, गण्डकी प्रदेश संयोजकमा टोपबहादुर बिक र कर्णाली प्रदेश संयोजकमा दिनेश बिश्वकर्मा चयन भएको छन । कार्यसमितिमा बाँकि रहेका केहि पदमा आबश्यकता अनुसार पछि मनोनयन गरिने बुझिएको छ।

यस अगाडी गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा संजालको छैटौं अधिबेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो। उद्घाटन समारोहको सभापतित्व संस्थाका अध्यक्ष किरण परियारले गरेका थिए, भने कार्यक्रमको संयोजक प्रकाश परियार रहेका थिए । उक्त कार्यक्रमको संचालन अमृत बिकले गरेको थिए।

यसैबीच कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदका कार्यसमिति सदस्य तथा कास्की आदर्श समाज कतारका सल्लाहकार सदस्य प्रकाश विश्वकर्मा दलित एकता संजाल कतारको छैटौं अधिवेशनबाट अध्यक्षमा, कास्की आदर्श समाज कतारका प्रथम उपाध्यक्ष अमृत विश्वकर्मा महासचिव पदमा र कास्की आदर्श समाज कतारका सह-कोषाध्यक्ष ऋषिराम विश्वकर्मा दलित एकता संजाल कतारको सचिव पदमा सर्बसम्मत निर्बाचित भएकोमा कास्की कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदको तर्फबाट अध्यक्ष शिब बानिया र महासचिब केदार कुँवरले बधाई ज्ञापन गरेका छन।

अध्यक्ष बानिया र महासचिब कुँवरले दलित एकता संजालमा निर्बाचित सबैलाई बधाई ज्ञापन गर्दै नयाँ कार्यसमितिको कार्यकालमा कास्की समाज सहित कतारमा रहेका विभिन्न संघसंस्थाहरुसंग मिलेर नेपाली समुदायको हितको निम्ति काम गर्न सफलता मिल्ने बिश्वास समेत ब्यक्त गरेका छन।

१९ माघ २०८१, शनिबार २३:२१ मा प्रकाशित
Nabintech