Play

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा जेसीजले थिम सेमिनार र साहित्यिक कार्यक्रम गर्ने

गुरुकुल खबर


पोखरा, अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘परिष्कृत युवा: सशक्त नेतृत्व’ बिषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।

युवाको क्षमता, नेतृत्व र सिर्जनशीलता विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको पोखरा जेसिजले जनाएको छ।कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।

यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा ‘साहित्यिक साँझ कार्यक्रम’ समेत आयोजना गर्ने भएको छ। ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा हुने कार्यक्रममा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन्। दुवै कार्यक्रम साउन २७ गते गरिने भएको छ।

२६ श्रावण २०८३, मंगलवार २०:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा