Play

पोखरामा जारी ब्यापार मेला सकियो, बिगतको भन्दा फरक भएको आयोजकको भनाई

गुरुकुल खबर


पोखरा, पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते शुरु भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले आयोजना गर्दै आइरहेको मोवाइल मेलाको चौथो संस्करण पनि यही मेलामा समाहित गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला नाफा आर्जन गर्ने हिसाबले नभइ उद्यमशिलता विकासका निम्ति आयोजना गरिएको थिाये । उनले यो पटकको मेलालाई फरक शैलीले आयोजना गरिएको पनि जिकिर गरे । ‘हामीले यो पटकको मेलामा साँच्चै फरक गर्न खोज्यौँ । मेलालाई सूचना प्रविधि सिक्ने थलो बनायौँ । यो पटकको मेला सूचना प्रविधिबारे जानकारी पस्कने, टक सोको माध्यमबाट उद्यमशिलता विकास,रोजगारी सिर्जनाबारे मन्थन गर्ने, सूचना प्रविधिसँग मान्छेलाई जोड्ने तथा आधुनिक जीवनको अपरिहार्य सर्त बनेको मोवाइल र त्यसका सामानहरुको प्रदर्शन गर्ने थलो बन्यो,’उनले भने ।

संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला आयोजनाको क्रममा सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उद्यमशिलता विकास तथा व्यवसायीको हितका लागि संघ निरन्तर क्रियाशिल रहने बताए ।

संघकी महासचिव शोभा गौतमका अनुसार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रबर्दनमा सहयोग गरेका थिए ।

मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास, स्वामी विवेकानन्द कल्चरल सेण्टर, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी लगायतका संस्थासंग सहकार्य गरिएको संघका प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले बताए ।

१९ माघ २०८१, शनिबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा