Play

ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम पोखरामा, ह्योल्मो भाषालाई साझा भाषा बनाउन माग

गुरुकुल खबर


पोखरा, नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा ह्योल्मो भाषा तथा लिपिका बारेमा प्रशिक्षण दिईएको थियो ।

कास्की जिल्लाका विभिन्न भागमा बसोबास गर्ने ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी तालिमको  समापनका अबसरमा बोल्दै उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीहरूको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गरे । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङको भनाई थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीतसङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको जनाउँदै यसको जगेर्नाका लागि प्रतिष्ठानले विभिन्न तालिम तथा प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । प्रशिक्षणमा सहभागी अरुणा ह्योल्मोले भाषा प्रशिक्षण कार्यक्रम आफू र आफ्नो समुदायका लागि अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको बताउनुभयो ।

नेपाल ह्योल्मो समाज सेवा समितिका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर ह्योल्मोले आफ्नो समुदायका लागि भाषा कक्षा आवश्यक रहेको बताए। पछिल्लो समय ह्योल्मो भाषा पनि समुदाय भित्र मात्र सीमित हुँदै गएको भन्दै यसलाई साझा भाषाका रूपमा विकास गर्न राज्यका निकायहरूले समेत आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुबेदार तेजबहादुर ह्योल्मो र सचिव पूर्ण लामा ह्योल्मोले पनि ह्योल्मो भाषा तथा लिपिका बारेमा आआफ्नो भनाई राखेका थिए ।

१० माघ २०८१, बिहीबार २०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा