पोखरा, पोखरामा स्वास्थ्य क्षेत्रमा क्रियाशील डा. नारायण गौतम, यादब गौतम र धिरज गौतम समेतलाई मातृशोक परेको छ। डा. गौतमकी आमा राममाया गौतमको ८७ बर्षको उमेरमा यहि पुष १९ गते निधन भएको हो।
पोखरा महानगरपालिका -२० भलाम निबासी सामाजिक एबम आध्यात्मिक व्यक्तित्व गौतमको आंफ्नो निवासमा निधन भएको थियो । राममाया गौतम तत्कालिन भलाम गाउँ विकास समितिका अध्यक्ष समेत रहेका राजनीतिकर्मी स्व. तेजबहादुर गौतमकी धर्मपत्नी हुन।
भलामका स्थानीय बासिन्दा एबम नेपाली काँग्रेस कास्की -२ का सचिब महेन्द्र अधिकारीले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार स्व. राममायाका पांच जना छोराहरु शंकर गौतम, नारायण गौतम, ध्रुब गौतम, यादब गौतम र धिरज गौतम रहेकोमा जेठा छोरा शंकर गौतमको केहि महिना अगाडी निधन भएको थियो।
छोराहरु मध्ये डा. नारायण गौतम पोखरामा मुटुको उपचार गराउने डाक्टरको रुपमा परिचित छन। उनि पद्म नर्सिंग होमको संचालक सहित पोखराका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा रहेर मुटु रोगि सहित अन्यको स्वास्थ्योपचारमा सक्रिय छन।
छोरा यादव गौतम पोखरा महानगरपालिका -३ नदीपुरमा संचालित पद्म नर्सिंग होमको संचालक समितिका अध्यक्ष तथा अर्का छोरा धिरज गौतम पनि पोखरामा औषधी व्यवसायीको रुपमा परिचित छन। उनि पनि पद्म नर्सिंग होमको संचालक हुन। बेलायती सेनामा काम गरेका अर्का छोरा ध्रुब गौतम पछिल्लो समय बेलायतमा नै बस्दै आएका छन।