काठमाडौँ । नेपाली पत्रकारहरुको छाता र साझा संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्बाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्बजनिक गरिएको छ। अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । उनि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठबन्धनको उमेद्वार बनेकी थिइन्।
शर्मा सहित अधिकांश पदाधिकारी र सदस्यहरु सोहि गठबन्धनबाट नै बिजयी भएका छन्। कोषाध्यक्षमा भने प्रेस सेन्टरबाट उमेद्वार बनेका रामकृष्ण अधिकारी बिजयी भए उनले निर्मला शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित गरेका छन्।
यसपटक पत्रकार महासंघका मुख्य तीनवटा कार्यकारी पद अर्थात अध्यक्ष, महासचिब र कोषाध्यक्षमा क्रमश प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका उमेद्वार बिजयी भएपछी महासंघलाई बिछार्को हिसाबले समाबेशी बनाइएको र अध्यक्षमा महिला निर्बाचित गरेर थप समाबेशी बनाइएको भन्दै चर्चा गर्न थालिएको छ
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् ।
यसैगरी महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२, खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी कोशी प्रदेश सदस्यमा कमल रिमाल, शंकर खरेल, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेश सदस्यमा नवराज पथिक, नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्र प्रसाद उपाध्याय विजयी भएका छन् ।
यसैगरी सुदूरपश्चिमबाट योगेन्द्र बहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र अोली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यबाट छविलाल तिवारी र भुपेन्द्र आचार्य, मुकेन्द प्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना निर्वाृचित भएका छन् ।
यसैगरी महिला मधेसी सदस्यमा रुवि रौनियार निर्वाचित भएको निर्वाचन समितिले आइतबार राति जनाएको छ ।
उमेद्वारहरुले प्राप्त गरेको मता विवरण थाहा पाउन यहाँ क्लिक गरेर हेर्नुहोस।