Play

सुनिता सांसद बन्ने कुराले अपांगताको क्षेत्रमा खुशी, बहिरालाई सवारी लाइसेन्स दिने ब्यबस्था गर्न माग

अपांगता भएकालाई सिप अनुसारको रोजगारी र सांकेतिक भाषालाई राष्ट्रिय भाषा बनाउन पहल गर्ने बिश्वास


गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सभामा अपांगता भएकी सुनिता थापाको प्रतिनिधित्व सुनिश्चित भएसंगै अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न संस्थासम्बद्ध व्यक्तिहरुले खुसि प्रकट गरेका छन।  संघिय एबम प्रदेश संसदमा शारीरिक अपांगता भएका केहिले संसद सदस्यको रुपमा काम गर्न पाएको भएपनि गण्डकी प्रदेशमा भने पहिलोपटक अपाङ्ग र त्यसमा पनि श्रवण शक्ति गुमेको व्यक्ति सांसद बनेको यो पहिलो पटक हो।

श्रवण शक्ति नभएका राघवबिर जोशी यस अगाडी संघिय संसदमा पुगेको भएपनि अरु कोहि पनी सांसद बन्न सकेको छैनन।  समानुपातिक तर्फको आदिबाशी/जनजाती महिला क्लस्टरमा कांग्रेसको तर्फबाट सांसद बनेकी म्याग्दीकी बिमला गौचनको डेंगुको कारण निधन भएपछि रिक्त हुन पुगेको गण्डकी प्रदेशको सदस्यमा यसपटक सुनिता थापालाई पठाउने निर्णय नेपाली काँग्रेसले गरेको कारण उनि प्रदेश सांसद बन्ने भएकी हुन।

२०४९ सालमा स्याङ्जाको चापाकोट नगरपालिका- ९ मा जन्मिएकी सुनिता अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दे आएकी छन् । आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय रहँदै आएकी छिन। उनि नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन् ।

कक्षा ६ मा पढ्दै गर्दा बिरामी परेको कारण श्रवण शक्ति गुमाएर बहिरो बन्न पुगेकी सुनिताले त्यसपछि पनि आफ्नो पढाईलाई भने निरन्तरता दिएर स्नातक सम्मको अध्ययन गरेकी छन। उनले १२ कक्षासम्म पोखराको सिर्जना बहिरा बिद्यालयमा अध्ययन गरेको र काठमाडौँमा स्नातकसम्म अध्ययन गरिन। त्यसपछि उनले अपांगताको क्षेत्रमा निरन्तर काम गर्दै आएकी छन।

सिर्जना बहिरा आवाशीय माबिका प्रधानाध्यापक सुनिल कुमार भण्डारीले सुनिता सांसद बन्ने खबरले हर्ष लागेको बताए।  “प्रदेश सभामा अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुनु हामी सबै अपांगताको क्षेत्रमा काम गर्ने संस्थाको लागि गौरबको कुरा छंदै छ। त्यसमाथि हाम्रो बिद्यालयमा अध्ययन गरेको पूर्व बिद्यार्थी सांसद बन्दा हामीलाई निकै गर्ब लागेको छ ।” भण्डारीले भने।

भण्डारीका अनुसार सुनिताले राष्ट्रिय बहिरा र महासंघ गण्डकी र स्यांग्जा बहिरा संघको अध्यक्ष भएर काम गरेको मात्र नभएर संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रममा विभिन्न मुलुकमा सहभागी भएर अनुभव बटुलेकी छन। उनले जापानमा १० महिना अबधिको नेतृत्व विकास सम्बन्धि तालिम समेत लिएकी छन।  राष्ट्रिय अपांग महासंघ, गण्डकी बहिरा संघ लगायत धेरै संघ संस्थामा रहेर काम गरेको कारण उनले अपांगताको क्षेत्रमा महत्वपुर्ण भूमिका निर्बाह गर्न सक्ने बिश्वास समेत भण्डारीले ब्यक्त गरे ।

हाल अमेरिका रहेका सिर्जना बहिरा बिद्यालयका पूर्व प्रअ विश्वराज बाँस्तोलाले अपांगता भएकाहरूको अधिकार, महिला सशक्तीकरण, र सामाजिक न्यायका मुद्दाहरू उठाउँदै आएकी सुनिताले अपांगता भएकाहरु, महिला र पछाडि परेका वर्गहरूको आवाजलाई संसदमा मुखरित गर्ने निश्वास ब्यक्त गरे।

विशेष शिक्षा परिषदका सदस्य रहेर पनि काम गरेका वास्तोलाले गुरुकुल खबरसंग भने, “अस्पताल तथा जन सरोकारका स्थलहरूमा अझै पनि दोभासेको व्यवस्था छैन। सुनिता थापाको आवाज अब सरकारले सुन्नेछ भन्ने विश्वास छ।”

प्रदेश सभामा सुनिताको मनोनयनले बहिरा र अपांगता भएका व्यक्तिहरूको आवाज र उनीहरुको आवश्यकताको कुरा लाई सशक्त बनाउने पनि बताए। उनले सुनितालाई यस अगाडि नै सांसदको लागि लबिंग गरेको तर अहिले मात्र बन्न सकेको समेत जानकारी गराए । बास्तोलाले पनि सुनिताले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निभाउने र नेपाली समाजलाई थप समावेशी र न्यायपूर्ण बनाउने दिशामा महत्वपूर्ण योगदान दिने अपेक्षा प्रकट गरे।

गण्डकी बहिरा संघका अध्यक्ष किसान तामांगले सुनिता सांसद बनेकोमा सबैमा खुसि छाएको भन्दै बाहिर सहित अन्य अपाङ्गहरुको हितमा नीति नियम बनाउन बल पुग्ने बिश्वास ब्यक्त गरे।  “बहिराहरुले सवारी साधन चलाउन सक्छन, तर अहिले उनीहरुको लागि लाइसेन्स दिने ब्यबस्था छैन।” तामांगले गुरुकुल खबरसंग भने ।

“बहिराहरूलाई लाइसेन्स दिने, सिप अनुसारको सरकारी कार्यालयमा रोजगारी दिने र सांकेतिक भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने तर्फ सुनिताको पहल हुनेछ र सफलता मिल्नेछ भन्नेमा सबै विश्वस्त छौं।” बहिरा संघका अध्यक्ष तामांगको भनाई छ।

कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा पनि सुनिता थापा सांसद बन्ने भएकोमा खुशी छन् । उनि भन्छन,” संघिय एबम प्रदेश संसदमा अपांगतासंग सम्बन्धित थुप्रै मुद्दा ओझेलमा परेको बेला अपांगताको क्षेत्रमा काम गर्दै आएकी र स्वयम अपाङ्गता भएकी सुनिता थापाको संसद प्रवेशले हामीलाई खुशी तुल्याएको छ।

अपाङ्गता सम्बन्धि कानुन निर्माण र बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा गम्भिरतापुर्बक ध्यान पुग्ने बिश्वास पोखरामा रहेर अपाङ्गताको क्षेत्रमा क्रियाशील  हेम गुरुङको रहेको छ।

“सुनिताजी आफैं पनि बहिरा अपांगता भएको कारण बहिराहरुको लागि अझ धेरै योगदान गर्ने अपेक्षा हामीले राखेका छौं।” आफुपनि शारीरिक अपाङ्ग रहेका गुरुंगले गुरुकुल खबरसंग भने।

नेपालमा बहिराहरुको संख्या कति छ भन्ने एकिन नभए पनि करिब ३ लाख बाहिर भएको बहिरा संघको अनुमान छ।

श्रवणशक्ति नभएकी सुनिता थापालाई कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाउने

२५ मंसिर २०८१, मंगलवार १६:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा