Play

कोराला नाकामा अध्यागमन कार्यालय उद्घाटन पछि पोखरामा गृहमन्त्री ‘धनराज माथि पनि कारबाही हुनसक्छ’

गुरुकुल खबर


पोखरा, मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालन भएपछि भने यस नाकाबाट आवतजावत गर्ने जो कोहिले पनि आवतजावतको सुबिधा पाउने छन ।

कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्‍याइसकेको छ ।

कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने छ भने ।

समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरिएको थियो ।

गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवद्र्धन, पर्यटन विस्तार आदिका लागि यो बहुउपयोगी बन्ने विश्वास लिइएको छ । दुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुंगा सावित हुने विश्वास लिइएको छ ।

कांग्रेस उपसभापति गुरुङमाथि पनि कारबाही हुन्छ- लेखक

गृहमन्त्री एबम नेपाली काँग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन्।

मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर काठमाडौँ फर्किने क्रममा पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन्।

‘कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि बढ्छ,’ उनले भने, ‘ज-जसले गल्ती गर्नुभएको छ उनीहरूमाथि कारबाही हुन्छ। गल्ती गर्नु भएको छैन भने हुँदैन।’ गृहमन्त्री लेखकको भनाई थियो।

म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ पत्रकारको प्रश्नको उत्तर दिनेक्रममा उनले भने।

सरकारले मुख हेरेर अनुसन्धान गर्ने नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्छ। जता जता तथ्य र प्रमाण जान्छ अनुसन्धान पनि त्यतै जाने उनको भनाई छ।

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर कारबाही गरेको हो भन्ने प्रश्नमा गृहमन्त्री लेखकले एक जना व्यक्तिलाई मात्र अनुसन्धानको दायरामा नल्याएको बताए।

सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिले अनुसन्धान गरेर कारबाही सिफारिस गरेका सबै व्यक्ति अनुसन्धानको दायरामा आइसकेको उनले बताए।

‘संसदीय समितिले अनुसन्धान गरेर कारबाही गर भनेर जिबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेलको नाम सिफारिस गरेको थियो। जिबी राई बाहिर हुनुहुन्छ। रवि जी र छविजी अनुसन्धानको प्रक्रियामा हुनुहुन्छ। रम्तेल जी पहिल्यै जेलमा हुनुहुन्छ,’ उनले भने।

१४ कार्तिक २०८१, बुधबार १८:२२ मा प्रकाशित
Nabintech