Play

अष्ट्रेलियाको सिड्नीमा जनसम्पर्क समितिको शुभकामना आदान प्रदान कार्यक्रम

जनसम्पर्क समिति बलियो भए कांग्रेस र देशलाई पनि बलियो बनाउन बल पुग्ने


गुरुकुल खबर


सिड्नी ( अष्ट्रेलिया ),  बिश्वब्यापी संजालको रुपमा स्थापित नेपाली जनसम्पर्क समितिले नेपाली हरुको महत्वपुर्ण पर्ब मानिने बडा दशैं, तिहार, नेपाल सम्बत र छठ लगायतका पर्वको सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन्। यस किसिमका कार्यक्रम विभिन्न मुलुकमा आयोजना हुँदै आएको छन।

यसै सन्दर्भमा नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिती न्यु साउथ वेल्स ( सिड्नी ) ले न्यु साउथ वेल्सको रकडेल पार्कमा यहि अक्टोबर १९ को दिन शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा न्यु साउथ वेल्स राज्यका लागि नेपाली बाणिज्यदुत सन्जिव शर्मालाई समितिको तर्फबाट सम्मान गरिएको थियो। उक्त कार्यक्रममा बोल्दै  बाणिज्यदुत शर्माले बहु संस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली संस्कृती, परम्परा र मौलिक चाडपर्वलाई जिवन्त बनाउन यस्ता किसिमका भेटघाट र कार्यक्रमहरुले महत्वपुर्ण योगदान पुर्याउने बताए ।

नेपाली कांग्रेसका नेता नबराज गुरुङले नेपाली काँग्रेसलाई संगठित र एकताबद्द बनाउनुपर्नेमा जोड दिंदै बिदेशमा बस्ने नेपालीहरुले देशको लागि धेरै सहयोग गर्न सक्ने बताए।

नेपाली कांग्रेसको प्रचार प्रसार विभागका केन्द्रीय सदस्य एबम कास्की काँग्रेसका नेता गंगाधर पराजुलीले नेपाली जनसम्पर्क समितिको स्थापना नेपालमा प्रजातन्त्रको पुनस्थापनाको लागि भएपनि हाल समितिले नेपाली काँग्रेसको संगठनलाई र देशलाइ बलियो बनाउन धेरै काम गर्नसक्ने बताए। उनले जनसम्पर्क समितिको अधिबेशन तत्काल गर्न र समितिभित्रको मतभेद हटाउन सकेमा कांग्रेसको संगठनलाई पनि ठुलो सहयोग पुग्ने भन्दै बिदेशमा बस्ने नेपालीको पुँजी र अनुभवलाई नेपालको बिकासको निम्ति उपयोग गर्ने बाताबरण तयार गरिनुपर्नेमा जोड दिए।

नेपाली जनसम्पर्क समिती न्यु साउथ वेल्स राज्य समितिका संयोजक शितल गिरीले यस क्षेत्रमा रहेका नेपाली काँग्रेस सम्बद्ध नेपालीहरुबीच एकता र सद्भाव कायम गर्न तथा पार्टीलाई र देशलाई सहयोग गर्ने बाताबरण सिर्जना गर्न कार्यक्रम गरिएको बताए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरीले जनसम्पर्क समितिलाई बलियो बनाउन सके नेपली काँग्रेस बलियो हुने  भएकोले काँग्रेस नेतृत्वले जनसम्पर्क समितिमा बिबाद आउने काम गर्न नहुने बताए।

कार्यक्रममा जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसी, सचिब समित केसी, रोहित खड्का, जनसम्पर्क समितिका नेता राजकुमार अधिकारी ,र नयाका अध्यक्ष बिपिन थापा सहितका बक्ताहरुले  शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

कार्यक्रममा सिड्नी तथा न्यु साउथ वेल्समा बसोबास गरिरहेका नेपाली काँग्रेस सम्बद्ध बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सेल रोटि सहितको खाजा, बार्बिक्यु र मनोरन्जनात्मक कार्यक्रम पनि गरिएको थियो कार्यक्रममा सहभागी कतिपयले भने नेपालबाट केहि समयको लागि अष्ट्रेलिया आएको बेला कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसि प्रकट गरेका थिए।

चितवनबाट आएकी स्वास्थ्यकर्मी जुना गौली थापा, पोखराबाट आएकी सबिता बराल लगायतले अष्ट्रेलिया आएको बेलापनि काँग्रेसको संस्था जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर मनोरंजन लिन पाएको भन्दै खुशी प्रकट गरेका थिए।

१२ कार्तिक २०८१, सोमबार १३:५७ मा प्रकाशित
Nabintech