Play

जयनेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क गठन, अस्ट्रेलिया बस्ने पोखराका पौडेल अध्यक्ष

गुरुकुल खबर


मेलबर्न (अस्ट्रेलिया), जयनेपाल इन्टरनेसनल फाउन्डेसनले बिभिन्न मलुकमा रहेका युवा प्रजातन्त्रबादीहरुलाई संगठित गर्दै आफ्नो युवा संजाल ‘ग्लोबल युथ नेटवर्क’ गठन गरेको छ। फाउन्डेसनको केहि दिन अगाडी सम्पन्न वेबिनार मार्फत घोषणा गरिएको उक्त संजालको कार्यसमितिको अध्यक्षमा हाल अस्ट्रेलिया रहेका मदनराज पौडेललाई चयन गरिएको छ।

३० भन्दा बढी मुलुकका युवाहरु संगठित रहेको उक्त ग्लोबल युथ नेटवर्कको अध्यक्षमा पौडेल सहित ४३ जनाको कार्यसमितिको घोषणा गरिएको थियो। अध्यक्ष पौडेल एनआरएनको अन्तराष्ट्रिय समन्वय समितिको सदस्य पनि हुन।

नेटवर्कको अध्यक्ष बनेका पौडेल २०१६ देखि अस्ट्रेलियामा बस्दै आएका छन। कास्कीको पोखरा -१७ बिरौटा घर भएका पौडेल नेपालमा रहंदा नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय थिए। उनि नेपाल बिद्यार्थी संघ कास्की जिल्ला अध्यक्ष र जनप्रिय बहुमुखी क्याम्पस समितिको पनि अध्यक्ष बनेर काम गरेका थिए पौडेल नेपाल प्रेस युनियन कास्कीको सदस्य समेत रहेर काम गरेका थिए।

फाउन्डेसनको ग्लोबल युथ नेटवर्कको महासचिबमा अमेरिकाका नवराज नेउपाने र सदस्यहरुमा अमेरिकाका अनुप खनाल, क्यानाडाकी बिमला सापकोटा, जर्मनीका सिजन दाहाल, अमेरिकाका महेन्द्र बस्नेत, पोर्चुगलका बिनोद मर्शानी, जापानका कुशल पौडेल, मलेसियाका बिनोद त्रिपाठी, बेल्जियमकी अन्जु मल्ल ठकुरी सदस्य रहेका छन।

यसैगरि नर्वेका अभिषेक बास्तोला, अस्ट्रेलियाका बैकुन्ठ सिग्देल, बेलायतका बालकृष्ण दाहाल, चीनका बलराम तामांग, नेपालकी बिध्या बराल, स्पेनका बिनय अधिकारी, दक्षिन कोरियाका बिनोद बाँस्तोला, क्यानाडाका बिनोद गुरुङ, कतारका दीपजंग शाही  ठकुरी, चीनका दिपेश राज घिमिरे, माल्टाका हरी बिसी, युएईका हरी खड्का, कुवेतका होमनाथ गैरे, डेनमार्कका कृष्ण गिरि, भारतका लाल प्रसाद पाण्डे, नेपालकी मनिषा रानाभाट र नबिन कटु पनि नेटवर्कको कार्यसमितिमा सदस्य रहेका छन ।

उक्त वेबिनारमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले नेपालमा स्वास्थ्य प्राबिधिकहरुको आबश्यकता महशुस भैरहेको बताए। उनले  रोग नियन्त्रणको बारेमा जनचेतना जगाउन र औषधीको मूल्यमा नियन्त्रण गरि बिरामीहरुलाई सहुलियत प्रदान गर्न पहल भैरहेको जानकारी दिए।

नेपाल सरकार जयनेपाल फाउन्डेसनसंग समेत सहकार्य गर्न तयार रहेको भन्दै मन्त्री पौडेलले भने, नयाँ गठन भएको ग्लोबल युथ नेटवर्कले पनि संसारका विभिन्न मुलुकमा रहेका नेपालीहरुको श्रोत, साधन, अनुभब र शिपलाई नेपालको बिकासको लागि उपयोग गर्ने तर्फ सकारात्मक पहल गर्न आग्रह गर्दछु।’

जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अन्तराष्ट्रिय अध्यक्ष डा. यादव पण्डितले प्रजातान्त्रिक मूल्य र मान्यताको बारेमा युवाहरुलाई सकारात्मक सन्देश प्रबाह गर्ने र बिदेशमा रहेका युवाहरुको अनुभव र ज्ञानलाई नेपालको बिकासको लागि उपयोग गर्ने तर्फ आबश्यक पहल गर्ने कुरामा जोड दिए ।

कार्यक्रममा फाउन्डेसनको ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले नेपालको बिकासको लागि नलेज वा ज्ञान र अनुभवको आदानप्रदान गर्न आफुहरु तयार रहेको जानकारी दिए।

वेबिनारको पहिलो चरणमा फाउन्डेसनका महासचिब अग्नि चौलागाईं, युथ नेटवर्कका महासचिब नवराज बजगाईं, एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल, फाउन्डेसनका केन्द्रीय प्रबक्ता लाल प्रसाद काफ्ले र केन्द्रीय सदस्य साजन दाहाल लगायतले फाउन्डेसनको स्थापना गर्नुको उद्धेश्य र संचालित विभिन्न गतिविधिको बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम सांसद प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा, कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्की, एनआरएन अमेरिकाका पूर्व अध्यक्षद्वय डा. केशब पौडेल र बुद्धिसागर सुबेदी, पूर्व उपाध्यक्ष डीलु पराजुली, महासचिब रामहरी अधिकारी, फाउन्डेसनको मेरिल्याण्ड च्याप्टर अमेरिकाका अध्यक्ष केशब शर्मा पौडेल, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आर्चाय, कास्कीका काँग्रेस नेता सुदीप मोहन भट्टराइ र विष्णु बहादुर क्षेत्री, प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, समाज टाइम्सका सम्पादक विष्णु हरी घिमिरे, फाउन्डेसनका संस्थापक विश्व बराल, फाउनडेशनका केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियमका अध्यक्ष सिता सापकोटा, राजनितिक विश्लेषक शंकर तिवारी, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतको सहभागिता रहेको फाउन्डेसनले जनाएको छ।

११ आश्विन २०८१, शुक्रबार १७:१९ मा प्रकाशित
Nabintech