Play

सहकारीको रकम अपचलन अभियोगमा पूर्व डीआइजी पक्राउ, अब प्रहरीको ध्यान पूर्व गृहमन्त्री तर्फ ?

गुरुकुल खबर


पोखरा, सहकारीको रकम अपचलन गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिआईजी छबिलाल जोशी पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको बुझिएको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।

जोशीलाई पक्राउ गरे पछि अब प्रहरीको ध्यान राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबम पूर्व गृहमन्त्री रबि लामिछाने तर्फ केन्द्रित हुन थालेको बताईन्छ। बर्तमान गृहमन्त्री रमेश लेखकले आइतबार नै नेपाल प्रहरीका प्रमुख तथा प्रहरी महनिरिक्षक बसन्त कुँवरलाई सहकारी संसदीय समितिले दिएको प्रतिबेदन अनुसार आबश्यक अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडी बढाउनु भन्ने निर्देशन समेत दिएका थिए।

गृहमन्त्री लेखकले निर्देशन दिएको केहि समय पछि नै प्रहरीले पूर्व डीआइजी जोशीलाई पक्राउ गरेको हो  प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरामा  ल्याएर आबश्यक अनुसन्धान गर्ने तयारीमा प्रहरी रहेको बुझिएको छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक समेत हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन संसदीय समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । जीबी राई अझै फरार रहेको छन् भने रबि लामिछानेले आँफुले क्लिन चिट पाएको भन्दै सार्बजनिक रुपमा अभिव्यक्ति दिंदै हिंडेका छन ।

६ आश्विन २०८१, आईतवार १७:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा