Play

अष्ट्रेलिया सरकारको निर्णय: बिधार्थी भिसामा जानेहरुको भिसा शुल्कमा भारी वृद्धि, ७१० डलरबाट २५ सय

गुरुकुल खबर


सिड्नी, अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्षको सुरुआतसँगै जुलाई १ देखि लागु हुने गरी विद्यार्थी भिसा शुल्कलगायतमा वृद्धि गरेको छ । सरकारले गरेको शुल्क वृद्धिको निर्णयले विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी र ग्राजुएट तथा प्रायोजन कम्पनीहरूलाई आर्थिक भार थपिने भएको छ । परिमार्जित भिसा शुल्कमा विद्यार्थी भिसा (सब क्लास ५००) शुल्क २ हजार डलरबाट बढाएर २ हजार ५ सय अस्ट्रेलियन डलर पुर्‍याइएको छ  दुई वर्षको अवधिमा अस्ट्रेलियाले विद्यार्थी भिसा शुल्क ७१० डलरबाट बढाएर २५ सय डलर पुर्‍याएको हो

अस्ट्रेलियाले पहिलोपटक अंग्रेजी भाषा मात्र पढ्न आउने विद्यार्थीका लागि छुट्टै भिसा शुल्क तय गरेको छ । यसअघि अन्य विद्यार्थीसरह शुल्क बुझाउँदै आएका विद्यार्थीहरूले अब २ हजार ५० डलर शुल्क तिर्नुपर्नेछ । शैक्षिक निकायहरूले व्यवसाय अभिवृद्धिका लागि शुल्क घटाउन माग गरिरहेका बेला सरकारले शुल्क बढाउने निर्णय गरेको हो । नेसनलिस्ट पार्टीहरूले भने विदेशीहरूको बढ्दो प्रभाव रोक्नुपर्ने माग गर्दै आएका छन् ।

विद्यार्थीहरूले पढाइ सकेपछि अस्ट्रेलियामा काम गर्न पाइने ग्राजुयट भिसा (सबक्लास ४८५) को शुल्कमा २५ प्रतिशतले वृद्धि गरिएको छ । यसै वर्षको मार्चमा मात्रै २ हजार ३ सय डलरबाट बढाएर ४ हजार ६ सय डलर पुर्‍याइएको ४८५ भिसाको शुल्क चार महिना नबित्दै पुनः बढेर ५ हजार ७५० डलर पुगेको छ । जुलाई १ देखि धेरैजसो स्किल, पार्टनर तथा वर्किङ होलिडे भिसा शुल्कमा पनि वृद्धि गरिएको छ ।

पढाइ सकेर सोही पढाइ बमोजिम पाइने काम र प्रायोजन गरिने भिसाहरू (सबक्लास ४८२ र ४९४) का लागि आवश्यक न्यूनतम पारिश्रमिक ७६ हजार ५१५ डलरबाट बढाएर ७९ हजार ४९९ डलर पुर्‍याइएको छ । जसले गर्दा काम सकेर प्रायोजन गर्ने कम्पनीहरूसमेत दबाबमा पर्ने भएका छन् । यसबाट प्रभावित हुनेहरूमा मुख्यतः पढाइ सकेर स्थायीत्व कुरीबसेका विद्यार्थीहरू हुने भएका छन् । यी सबै भिसा शुल्कहरू २०२६ जुलाई १ देखि अनिवार्य रूपमा लागु भइसकेको अस्ट्रेलियाको गृह मन्त्रालयले जनाएको छ ।

१९ असार २०८३, शुक्रबार २३:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा