Play

कांग्रेसको ब्यबसायिक सिप विभागमा पोखराकी निशा मल्ल सहित सदस्यहरु मनोनित

गुरुकुल खबर


पोखरा,  नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यवसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सभापति देउवाले कास्की पोखराकी निशा मल्ल ठकुरी सहित विभिन्न जिल्लाका काँग्रेस नेताहरुलाई उक्त विभागमा सदस्य मनोनित गरेको छन। पोखराकी निशा कास्की क्षेत्र न. १ बाट नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि समेत हुन उनि यस अगाडिको स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिका -१० को वडा सदस्य समेत निर्बाचित भएकी थिईन।

उक्त विभागमा झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरू पनि  सदस्यमा मनोनित भएका छन।

६ आश्विन २०८१, आईतवार १६:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा