पोखरा, कास्कीको तत्कालिन चापाकोट गाबिस ( हाल पोखरा महानरपालिका -२३ ) बाट पोखरा बजारमा आएर बिभिन्न पेशा र व्यवसायमा संलग्नहरुको संस्था चापाकोट पोखरा सेवा समाज, पोखराले नेपाली महिलाहरुको महत्वपुर्ण पर्ब तीजको सन्दर्भमा शुक्रबार दर खुवाउने सहितको मनोरंजनात्माक कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा चापाकोटबाट पोखरा आएर बसोबास गर्दै आएको महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो महिलाहरुले दर खाएर मनोरंजन लिनुका साथै आफु आफुबिचको खुशी, पिडा र बेदनाहरु एकापसमा साटासाट गरेका थिए।
संस्थाकी सदस्य अन्जु पराजुलीले कार्यक्रमको संयोजन गरेकी थिईन उनले महिला दिदि बैनिहरुलाई तीजको सन्दर्भमा मात्र भएपनि मनोरंजन सहित पिडा बेदना पोख्ने बाताबरण सिर्जना गर्न तीज बिशेष कार्यक्रम गरेको जानकारी दिईन।
चापाकोट पोखरा सेवा समाजका अध्यक्ष बिश्वेश्वर प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पोखरा महानगरपालिका वडा न. २३ का वडाअध्यक्ष रामकाजी गुरुङ रहेका थिए कार्यक्रममा तत्कालिन चापाकोट गाबिसका पूर्व अध्यक्ष एबम नेपाल किसान महासंघका केन्द्रीय सदस्य भेषराज पराजुली अतिथिको रुपमा सहभागी थिए।
यसैगरि चापाकोट सेवा समाजका निबर्तमान अध्यक्ष शिवलाल पराजुली, समाजका सल्लाहकार हरीप्रसाद लामिछाने, समाजका संस्थापक उपाध्यक्ष भिम बहादुर राना, समाजका जेष्ठ नागरिक मिन बहादुर घले र तिल कुमारी देबकोटा पनि अतिथिको रुपमा सहभागी थिए।
उनीहरुले तीज पर्ब धार्मिक, सांस्कृतिक अनि मनोरंजनको दृष्टिकोणले पनि महत्वपुर्ण पर्ब रहेकोले यस पर्वको मौलिक र सांस्कृतिक महत्व जोगाइराख्नुपर्नेमा जोड दिएका थिए।