Play

पोखरा बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता: सुरक्षा, प्रनिषा र सिता बिजयी

गुरुकुल खबर


पोखरा, पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले वार्षिक शैक्षिक क्यालेण्डर अनुसारको कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता क्याम्पसमा रहेका विद्यार्थी संगठनहरु नेचर क्लव, विद्यार्थी गुणस्तर सर्कल र विद्यार्थी कल्याणकारी संघले संयुक्त रुपमा आयोजना गरेका हुन।

शुक्रबार आयोजित कविता प्रतियोगितामा बिए र बिबिएसमा अध्ययनरत ८ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए। प्रतियोगिहरुले कवितामा देशप्रेम, प्रकृति चित्रण, मातृत्व, यथार्तता र समसामायिक अबस्थाको चित्रण गर्दै कबिता बाचन गरेका थिए।

कविता प्रतियोगितामा बिबिएस प्रथम वर्षकी सुरक्षा तिवारीले प्रथम स्थान, बिए दोश्रो वर्षकी प्रनिषा गुरुङले द्वितीय स्थान र बिबिएस दोश्रो वर्षकी सिता थापाले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका उत्कृष्ट तिन जनालाई कलम, डायरी र तथा सबै प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुली, मानविकी संकाय प्रमुख पुष्पराज अधिकारी, बिए तेश्रो वर्षमा अध्ययनरत विवेक गौतम र बिए प्रथम वर्षमा अध्ययनरत शुशिल खनालले पनि कविता वाचन गरेका थिए । यस्तै बिए दोश्रो वर्षमा अध्यनरत सुर्य सुनार र सृष्टि थापाले गीत गाएर मनोरञ्जन दिलाएका थिए।

३२ श्रावण २०८१, शुक्रबार २२:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा