Play

गुरुकुल बिध्यासदनमा नयाँ बिद्यार्थीलाई स्वागत, बिद्यार्थी सम्मान र पुरस्कार वितरण

गुरुकुल खबर


पोखरा, पोखराको नयाँबजारमा संचालित गुरुकुल विद्यासदनमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई शनिबार आयोजित एक कार्यक्रममा स्वागत गरिएको छ उनीहरुलाई पोखराको सृजनाचोक स्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा  कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।

कार्यक्रममा कलाकार प्रकाश दुतराजले आफ्नो गीत प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए यसैगरी विद्यार्थी सुप्रिया मल्ल ढकुरी, विवश श्रेष्ठ, सृष्टि गुरुङ लगायतका समूहले विभिन्न प्रस्तुति राखे । कार्यक्रममा  विभिन्न प्रतियोगिताका बिजयी तथा अन्य विद्यार्थीलाई सम्मान  समेत गरिएको थियो गरियो ।

जसअनुसार राजेश क्षेत्री,निरज भट्टराई, र अविनाश घिमिरेले अमेरिकामा पढ्नको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकोमा उनीहरुलाई सम्मान गरिएको थियो भने भारतको जयपुरमा सेन्ट्रल एशिया जोन-२ अन्तर्गत आयोजित अन्तराष्ट्रिय ह्यान्डबल प्रतियोगितामा सहभागी हुन जाने केबिन गुरुङ र निरज गुरुङ तथा प्रशिक्षक बिशाल बस्नेत लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेवारी समुदायको लाखेनाच समेत प्रदर्शन गरिएको थियो । कक्षा १२ का विद्यार्थी रीया श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहप्रधानाध्यापक सुवेदीले स्वागत तथा प्लस टु संयोजक श्रेष्ठ, विद्यार्थी प्रसन्न आचार्य र सुवर्ण राईले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे ।

त्यस अवसरमा गुरुकुलमै किन पढ्ने, त्यहाँ अध्ययन गर्दा अपनाउनुपर्ने अनुशासन एवं विविध पक्षका बारेमा अभिमुखीकरण समेत गरिएको थियो  ।

पोखरा – ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले त्यस अबसरमा बोल्दै गुरुकुल बिध्यासदनले शिक्षा, खेलकुद तथा सांस्कृतिक क्षेत्रमा राम्रो फड्को मारेको र अन्य क्षेत्रमा पनि विद्यालयले योगदान दिइरहेको बताए । उनले विद्यार्थीको भविष्य उज्वल बनाउन गुरुकुलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै लगनशील भई पठनपाठनमा लाग्न विद्यार्थीलाई सुझाव दिए ।

हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले पोखरामा संचालित विभिन्न बिद्यालयहरु मध्ये गुरुकुल पनि असल शैक्षिक संस्थाका रुपमा अगाडी बढिरहेको र अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै गइरहेको बताए ।

गुरुकुल बिध्या सदनका अध्यक्ष रवि कार्कीले पठनपाठनका अलावा विद्यार्थीको प्रतिभा पहिचान गर्न विद्यालय प्रयासरत रहेको जानकारी दिंदै विद्यालयले अभिभावकको बिश्वास र भरोसालाई कम्जोर हुन नदिने बताए। उनले कमजोर तथा मध्यम विद्यार्थीलाई विषयवस्तुमा अब्बल बनाउनु विद्यालयको पहिलो कर्तव्य भएको जनाउँदै विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिए ।

गुरुकुलका प्रधानाध्यापक नारायण आचार्य, सहप्रधानाध्यापक भुवन सुवेदी, प्लस टु संयोजक वसन्तकुमार श्रेष्ठ लगायतले गुरुकुलले नाम अनुसारको काम गरेर सार्थकता पाउँदै आएको बताए । उनीहरुले नवआगन्तुक विद्यार्थीले सही विद्यालय रोजेकोमा खुसि प्रकट गर्दै आफ्नो भबिष्य उज्वल बनाउन बिद्यार्थीहरु पनि गम्भीर बन्ने बताएको सोहि बिद्यालयकी शिक्षिका अन्जना थापाले गुरुकुल खबरलाई जानकारी दिईन ।

१३ श्रावण २०८१, आईतवार १२:०२ मा प्रकाशित
Nabintech