Play

काठमाडौँमा सौर्यको बिमान दुर्घटना, १९ यात्रु रहेको आशंका, बिस्तृत विवरण आउन बाँकि (भिडिओ)

जहाज काठमाडौँबाट पोखराको लागि उडेको थियो


गुरुकुल खबर


काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनमा खसेर दुर्घटना हुन पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।

दुर्घटनापछि विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । जहाज उड्ने क्रममा दुर्घटना भएको हो ।

‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।

सौर्यले पोखरा उडानको लागि सि चेक गरि पोखरा उडान भर्न खोज्दा दुर्घटना भयको र चालक दलका दुइ र इन्जिननियर मात्र सवार रहेको कहिले बताएपनि जहाजमा १९ जना सवार रहेको आशंका गरिएको छ ।

९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ । पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको गोरखापत्र अनलाइनले पनि उल्लेख गरेको छ ।

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।

विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

९ श्रावण २०८१, बुधबार ११:५४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा