Play

सुधारगृहमा रहेका बालकको लागि निशुल्क स्वास्थ्य जांच र फलफुल वितरण

गुरुकुल खबर


पोखरा, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा कास्कीको सराङकोटमा रहेको बाल सुधार गृहमा निशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरिएको छ। “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई अंगाल्दै संघले सुधारगृहमा रहेका बालकहरुको नियमित स्वास्थ्य जाँचलाई निरन्तता दिने क्रममा उक्त कार्यक्रम गरेको जनाएको छ।

कार्यक्रमा फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराका छाला रोग विशेषज्ञ डा.अजय कुमार,  प्राविधिक प्रहरी निरीक्षक डा. शिशिर कोइराला र क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराका डा. शिशिर पौडेल समेतको टोलीले सुधार गृहमा रहेका बालकहरुको स्वास्थ जांच गर्नुको साथै निशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो। सुधार गृहमा हाल १ सय जना बालकहरु राखिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुवँरले विगतमा गरेका गल्तीहरुलाई बिर्सेर सुधार गृहलाई आफ्नो जिबनको सिकाईको पाठशालाको रुपमा लिन सबै बालकहरुलाई आग्रह गरिन।

कार्यक्रमका बिशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले बाल सुधार गृह सुधारगृह मात्र नभईकन एक विद्यालयको रुपमा रहेको बताउँदै सम्पूर्ण बालकहरुलाई सकारात्मक सोचको बिकास गरी देशका लागि चाहिने जनशक्तिको रुपमा आफूलाई तयार गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी उपाध्यक्ष अप्सरा खत्रीले स्वागत मन्तव्य  राखेकी थिईन भने संघकी सचिव रविना अर्यालले कार्यक्रम संचालन गरेकी थिईन ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्मा, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा पदाधिकारीहरु, उक्त बाल सुधार गृहका वार्डेन अजय थापा, मनोविमर्शकर्ता ज्योती शर्मा लगायतको उपस्थिती रहेको थियो ।

२८ असार २०८१, शुक्रबार १७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा