Play

टिभिएस ब्राण्डका दुई पांग्रेको बिक्रेता स्क्वायर मोटर्स प्रालिको नयाँ शोरुम पोखरामा

गुरुकुल खबर


पोखरा, दुई पांग्रे सवारी मध्ये अधिकांशको रोजाइमा पर्ने टिभिएस ब्रान्डका स्कुटर र मोटरबाईकको बिक्रि वितरण गर्ने गरि स्क्वायर मोटर्स प्रालिले पोखरामा नयाँ टिभिएस शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार उद्घाटन गरे।

पोखराको विभिन्न ब्यबसायिक क्षेत्रमा संलग्न युवा ब्यबसायी आदर्शमान श्रेष्ठ र बिनोद पोटेले उक्त टिभिएस शोरुम संचालनमा ल्याएका हुन टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले केहीदिन अघि मात्र कास्की जिल्लाका लागि टिभिएसको बिक्रेतामा स्क्वायर मोटर्सलाई नियुक्त गरेको थियो ।

यस अघि पोखरामा टिभिएसको आधिकारिक बिक्रेता बतास ब्रदर रहेकोमा अब स्क्वाएर मोटर्स प्रालिले उक्त काम गर्ने भएको छ। टिभिएसको बिक्रि वितरणका लागि शोरुम समेत पहिले बतासले संचालन गरेको टिभिएसको शोरुम रहेकै स्थान नयाँबजारबाट शुरु गरिएको छ ।

स्क्वायर मोटर्सले नयाँबजारमा संचालनमा ल्याएको नयाँ शोरूमले स्थानीयको आबश्यकता बमोजिम मोटरबाइक र स्कूटरका उपलब्ध गराउने छ । जसमा टिभिएस मोडेलका विभिन्न स्कुटर र मोटरसाइकल उपलब्ध गराइने स्क्वायर मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आर्दशमान श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए । उनका अनुसार टिभिएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहितका सेवाहरू प्रदान गर्नेछ।

स्क्वायर मोर्टसले पोखराको नयाँ बजारमा सुबिधा संम्पन्न शोरुम सहित स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारका लागि पोखराको प्रस्यांगमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ। कतिपय सेवा यसअगाडी बतास ब्रदरले स्थापना गरेकै संरचनाबाट दिने व्यवस्था समेत गरिएको छ।

स्क्वायर मोर्टसका कार्यकारी निर्देशक बिनोज पोटेका अनुसार पोखरामा टिभिएसको उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले राखेको छ । कार्यकारी निर्देशक पोटे लामो समयदेखि अटोमोबाइल र सर्भिस क्षेत्रमा क्रियासिल छन।

जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो प्रभाव बलियो बनाउन र ग्राहकहरूलाई राम्रो सेवा दिन सफल भएको टिभिएसको मार्केटिङ प्रमुख धनीराम भुसालको दाबी छ।

भुषालका अनुसार गुणस्तरीय उत्पादन, नयाँ प्रविधिको प्रयोग, बिक्री पश्चातको भरपर्दो सेवा र देशभर जगेडा पार्ट-पुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस नेपालमा सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ।

उक्त शोरुमको उद्घाटन गदैै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीहरुलाई महानगरले सदैव साथ दिने प्रतिवद्धता जनाए । पर्यटकीय शहर पोखराको सौन्दर्य  बिग्रन नदिन र वायु प्रदुषण कम गर्नका लागि समेत विद्युतीय सवारीको खाँचो रहेकोमा उनले जोड दिए ।

२६ असार २०८१, बुधबार २२:०३ मा प्रकाशित
Nabintech