Play

पोखरामा पहिरोका कारण घर पुरियो, थापाको मृत्यु

गुरुकुल खबर


पोखरा ।  अविरल बर्षासंगै आएको पहिरोले घर पुरिँदा बुधबार बिहान पोखरामहानगर पालिका -२७ मा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार थापाका अनुसार बुधबार बिहान करिब ४ बजे सहेलापाटास्थित थापाको घरमाथिबाट आएको पहिरोले घर पुरिएको थियो । पहिरोका कारण मन बहादुरको घर पुरिएको र उनका छोरा भीमबहादुरको पहिरोले पुरिएको अबस्थामा उद्वार गरिएको थियो  ।

सोही घटनामा परेकी ५० वर्षीया कमला थापाको भने सकुशल उद्दार गरिएको डीएसपी शर्माले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोज तथा उद्दार कार्य भएको जनाईएको छ ।

२६ असार २०८१, बुधबार १०:३३ मा प्रकाशित
Nabintech