Play

नेपालमा उत्पादित कारको मूल्य चार लाख रुपैया सस्तो, अन्य मोडलका कार उत्पादनको तयारी

गुरुकुल खबर


पोखरा, नेपालमा नै कार उत्पादन हुने भएपछि आम नेपालीहरुले कारको मुल्य सस्तो हुने अनुमान गरे अनुरुप कोरियाली कार उत्पादक कम्पनी हुन्डाईसँगको साझेदारीमा नेपालको नवलपरासीमा उत्पादित कारको मूल्य चार लाख रुपैया सस्तो हुने भएको छ ।

पोखराका उद्योगीहरुको संस्था लक्ष्मी उद्योग समूह ( लक्ष्मी ग्रुप) अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नवलपरासीमा कार उत्पादन शुरु गरेपछि धेरैले त्यहाँ उत्पादित कारको मूल्य सस्तो हुने अपेक्षा राखेका थिए ।

नेपालमै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन हुन थालेपछि ग्राहकलाई भारतबाट आयातीत कारभन्दा करिब चार लाख सस्तोमा नेपाली बजारमा कार पाइने भएको हो ।

नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेपछी कारको मूल्य सस्तो हुने भएको सार्बजनिक भएको हो  । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार भेन्यु कारको मूल्य ४ लाख रूपैयाँ सस्तो भएको छ । अहिले बजार मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको भेन्यु एस १.२ को मूल्य ४४ हजार ९६ लाख रूपैयाँ कायम भएको छ भने यसअघि ५७ लाख ९६ हजार रूपैयाँ मूल्य रहेको उन्नत भेरियन्टको एसएक्सको मूल्य ५३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ । दुवै कारको इन्जिन क्षमता ११९८ सीसीको छ ।

नेपालमा बनेका कारको गुणस्तर कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह रहेको कम्पनीले दाबि गरेको छ । ‘नेपालमा बनेका कारको बनावट, गुणस्तर, पर्फमेन्स लगायत गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह छ ।’ कम्पनिले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन सुरु गरेको हो ।

पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।

स्वदेशमै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युत खपत, कुल गाह्रस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वैशाख २८ गते नवलपरासीको रामग्राम–६ मा ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए ।

२ असार २०८१, आईतवार २१:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा