Play

स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी

गुरुकुल खबर


जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार राष्ट्रपति पौडेलको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी बने । त्यस अवसरमा राष्ट्रपति पाैडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा त्यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए ।

त्यस अबसरमा राजदूत सुवेदीले स्विस नेपालकाे सम्बन्ध, विकास र सहयाेगका विविध पक्षबारे जानकारी गराएका थिए । साथै स्विटजरल्याण्डमा रहेका नेपालीहरुको अबस्थाबारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।

समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा राष्ट्रपति पौडेलको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।

राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाे उच्चस्तरीय सत्रमा आयाेजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बाेधन गरेका थिए । उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि शनिबार त्यस तर्फ जाने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

१ असार २०८१, शनिबार ११:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा