Play

गण्डकी प्रदेश सरकारको निर्णय: महिलाले पाउँदै आएको ऋषिपंचमीको सार्बजनिक बिदामा कटौती

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई दिंदै आएको सार्वजनिक बिदालाई कटौती गरेको छ। नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा नेकपा एमाले समेतको सहभागितामा बनेको सरकारले महिलाहरुले उपभोग गर्दै आएको सार्बजनिक बिदामा कटौती गरेको हो।

नेपाली महिलाहरुको महत्वपुर्ण सांस्कृतिक एबम परम्परागत पर्ब हरितालिका तीजको दिनपछि महिलाहरुलाई नदीमा गएर स्नान गर्न, दतिवन खाने परम्परालाई निरन्तरता दिनको लागि बिगत देखि नै ऋषिपंचामिको दिन सार्बजनिक बिदा दिने गरिएको थियो।

यसपटक भने गण्डकी प्रदेश सरकारको तर्फबाट सूचना अधिकारी प्रवीण ढकालले एक सूचना जारी गर्दै २०८२ भदौ १२ गते बिहीबार अर्थात ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको उल्लेख गरेका छन।’यद्यपी गण्डकी प्रदेशको राजपत्रमा पनि उक्त बिदा समावेश भने छैन ।

कोशी प्रदेशले भने राजपत्रमै ऋषिपञ्चमीका दिन महिलाहरूलाई बिदा हुने उल्लेख गरेको छ । कोशीमा हरितालिका तिजको दिनमा भने बिदा छैन ।

७ भाद्र २०८२, शनिबार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा