Play

कांग्रेसको भ्रातृसंस्था आदिबाशी जनजाती महासंघ महाधिबेशनको तयारीमा, अन्य भ्रातृसंस्था अझै अन्योलमा

गुरुकुल खबर


काठमाडौँ । नेपाली काँग्रेसका विभिन्न भ्रातृसंस्थाहरुको महाधिबेशन आगामी असार १५ गते भित्र गर्नुपर्ने भन्ने निर्णय पार्टीले गरेको भएपनि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाहेक अन्य संस्थाले महाधिबेशन हुने सम्भावना देखिएको छैन तर  नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ (नेडफिन) ले भने महाधिबेशनको तयारी अगाडी बढाएको छ

कांग्रेसले आगामी असार १५ सम्म भ्रातृसंस्थाका तदर्थ समितिलाई अधिवेशन गर्ने भनेको छ । नेविसंघ, तरुण दल, महिला संघ लगायतमा आन्तरिक किचलो हुँदा अधिवेशन अनिश्चित रहेको बेला नेडफिनले भने महाधिवेशनको अन्तिम तयारी लाई तिब्र पारेको छ ।

नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भएपनि अहिलेसम्म महाधिवेशन हुने सकेको थिएन तर पछिल्लो समय नेपाली कांग्रेसले बिभिन्न जातीय संस्थाहरुको छुट्टा छुट्टै संघ बनाएर तिनै संस्थाको महासंघको रुपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन गरेको हो

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनेपछिको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार दोस्रो साता काठमाडौँमा गर्ने निर्णय हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको छ । ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’को मुल नारासहित आगामी असार ११, १२ र १३ महाधिवेशन हुन लागेको हो ।

नेडफिनको महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौँ, भक्तपुर र ललितपुरका महसंघका अध्यक्ष रहेको १०१ सदस्यीय महाधिवेशन मुल व्यवस्थापन समिति गठन भएको छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिवालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केशाङमु शेर्पा आवास तथा भोजन व्यावस्थापन उपसमिति संयोजक टोपबहादुर थापामगर, मञ्च व्यावस्थापन उपसमिति संयोजक मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघको अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य  रेनुका काउचा मगर रहेको जानकारी महासंघको गण्डकी प्रदेश समितिका अध्यक्ष जित बहादुर गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

महासंघले आदिवासी समुदायलाई कांग्रेस संग जोड्न ‘आज अभियान’ अन्तर्गत देशव्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । ‘आज अभियान’ ले  आदिवासी समुदायमा उर्जा दिनुका साथै महासंघको १७ बुदे घोषणा पत्र मार्फत संगठनको धारणालाई अझ वडा तह सम्म पुर्याएको थियो ।

महाधिबेशनमा प्रत्येक निर्बाचन क्षेत्रबाट १ महिला सहित ७ जना महाधिबेशन प्रतिनिधि रहने र देशभरका १ सय ६५ निर्बाचन क्षेत्रबाट महाधिबेशन प्रतिनिधिहरु चयन भैसकेको बताईएको छ । गण्डकी प्रदेशको राजधानी रहेको कास्की जिल्लाबाट २१ जना महाधिबेशन प्रतिनिधिहरु सहभागी हुने जानकारी नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कास्की जिल्ला सचिब रीता गुरुङले जानकारी दिईन । उनका अनुसार कास्की जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नको लागि केहि महिला र पुरुष प्रतिनिधिहरुले इछ्या देखाएका छन तर को को कुन पदको लागि इछ्यूक छन् भन्ने स्पष्ट भैसकेको छैन।

विश्वस्त स्रोतका अनुसार कास्कीका महाधिबेशन प्रतिनिधिहरु मध्ये कमल गुरुङ, खेम गुरुङ र भिम बहादुर गुरुङ सहित महिला महाधिबेशन प्रतिनिधिहरु चीनु गुरुङ, सिता गुरुङ, ज्योती थापा र भिममाया गुरुङ लगाएतकाहरु केन्द्रीय नेतृत्वमा पुग्न इछ्यूक रहेको बुझिएको छ। एक प्रदेशबाट सात जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न पाउने व्यवस्था विधानमा रहेकोले गण्डकी प्रदेशबाट पनि सातजनाले प्रतिनिधित्व गर्न पाउने छन ।

प्रथम महाधिवेशनबाट वर्तमान अध्यक्ष घर्तीमगर सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा छन् । अहिलेसम्म घर्तीमगरलाई चुनौती दिन नेडफिनमा अन्य व्यक्ति अगाडि आएको देखिएको छैन ।

२८ जेष्ठ २०८१, सोमबार १३:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा