Play

फिस्टेल एकेडेमीमा अन्तर बिद्यालय एसइई कप जारी

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका – १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमवार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

सोमवार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित गर्यो भने चौँथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो । सोमवार नै सम्पन्न पाँचौँ खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित गर्यो । यस्तै सातौँ खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित गर्यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २–१

गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित गर्यो । एसइई २०८० मा सम्मिलित विद्यार्थीहरूलाई समेट्दै आयोजना गरिएको यस खेलको क्वाटरफाइनलका खेल मङ्गलबार सम्पन्न हुने छन् भने सेमिफानल र फाइनलका खेलसँगै बुधबार औपचारिक समापन हुने छ ।

खेलमा विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै लिग कम नक आउट प्रणालीमा खेलाइने छात्रातर्फको ३×३ बास्केटबलका खेलहरू पनि मङ्गलबारबाट सुरु हुने छन्।

विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

८ जेष्ठ २०८१, मंगलवार १६:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा