Play

सहकारी ठग बिरुद्द तरुण दल पनि सडकमा, काठमाडौँमा प्रदर्शन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले सहकारी ठगविरूद्ध काठमाडौँमा  प्रदर्शन गरेको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरूङसहित तरूण दलका कार्यकर्ताले बुधबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी सहित प्रदर्शन गरेका हुन्।

त्यस अबसरमा बोल्दै तरुण दलका अध्यक्ष गुरूङले सहकारी पीडितका पक्षमा र सहकारी ठगका विरूद्धमा प्रदर्शन गरिएको बताए ।

प्रदर्शनपछि कोण सभालाई कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्ष लगायतले सम्बोधन गरेका थिए । उनीहरुले देशभर गरिब र बिपन्न सर्बसाधारण जनता सहकारी ठगिकाण्डको कारण पिडित भएको भन्दै सहकारी ठगलाई कारबाही गर्न र पिडितको रकम फिर्ता हुने ब्यबस्था गर्न माग गरेका थिए ।

कांग्रेसले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, हिनामिना र दुरूपयोग गर्नेमाथि कारबाही गर्न संसदमा माग गरिरहेको छ भने सडकमा कांग्रेसका भात्री संस्थाहरु आन्दोलनमा छन मंगलबार नेपाल महिला संघले पनि काठमान्डूमा प्रदर्शन गरेको थियो ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसमेत गर्दै आएको छ।

कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै सदनमा अवरोध गर्दा उसका भ्रातृ संस्थाहरू भने सडक आन्दोलनमा उत्रिएका छन्।

२ जेष्ठ २०८१, बुधबार १५:३५ मा प्रकाशित
Nabintech