Play

राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

गुरुकुल खबर


पोखरा, नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्बजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको सत्तापक्षका नेताहरुले दाबी गरेका छन् भने प्रतिपक्षमा रहेका नेपाली काँग्रेस समेत अन्य पार्टीका नेताहरुले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम नरहेको र यस अगाडिका सरकारको निरन्तरता जस्तै रहेको बताएका छन् ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न क्लिक गर्नुहोस ..  सरकारको नीति तथा कार्यक्रम २०८१

१ जेष्ठ २०८१, मंगलवार २०:२७ मा प्रकाशित
Nabintech