काठमाडौँ । गण्डकीमा खगराज अधिकारीको मुख्यमन्त्रीमा भएको नियुक्तिका विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतले आज साेमबार टुंगो लगाएन। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।
अब यो मुद्दाको सुनुवाई अर्को हप्ता अर्थात बैशाख १७ गते हुनेछ ।
गण्डकीका सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेर अधिकारी नियुक्त भएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ती बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
पाण्डेले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विपक्षी बनाएर चैत २७ मा रिट दायर गरेका थिए । मुद्दा न्यायाधीशद्वय सपना मल्ल र सारंगा सुवेदीको इजलासमा परेको थियो ।
दुवै पक्षका कानून व्यवसायीको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो।