Play

कांग्रेसका निष्ठावान नेता खेमराज पौडेलको निधन, कांग्रेसको कार्यालयमा अन्तिम श्रद्धान्जलीको लागि राखेर शुक्रबार नै अन्त्येष्टि गरिने

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसमा निष्ठाबान नेताको रुपमा परिचित कास्कीका खेमराज पौडेलको निधन भएको छ।  शुक्रबार बिहान करिब ११ बजे पोखराको फेवासिटी अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको हो ।  पौडेल केहि समयदेखि फोक्सोमा क्यान्सरको संक्रमणका कारण उपचाररत थिए । करिब ८१  वर्ष उमेर पुगेका पौडेललाई  कांग्रेसको राजनीतिमा क्रियाशील, इमान्दार र निष्ठावान नेताको रुपमा लिने गरिन्थ्यो । उनि अहिले पनि नेपाली काँग्रेसको महासमिति सदस्यको जिम्मेवारीमा थिए ।

कास्कीको तत्कालिन पुम्दीभुम्दी गाबिस र हाल पोखरा महानगरपालिका -२२ पुम्दीमा सामान्य परिवारमा जन्मेका पौडेल बिद्यार्थीकाल देखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रियता पुर्बक निरन्तर लागिरहेका नेता हुन् ।

पौडेलको शब पोखराको फेवासिटी अस्पतालबाट पुम्दी स्थित घरमा लगिने र त्यसपछी शुक्रबार नै नेपाली काँग्रेस कास्कीको कार्यालयमा अन्तिम श्रद्दान्जलीलको लागि केहि समय राखेर शुक्रबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पौडेलका भाई रामप्रसाद पौडेलले गुरुकुल खबरलाई जानकारी दिए।

यस अघि शनिबार  अन्त्येष्टि गर्ने कुरा भएकोमा पारिबारिक सल्लाह पछी शुक्रबार नै अन्त्येष्टि गर्ने निर्णयमा पुगिएको उनले बताए। कांग्रेस नेता पौडेलकी एक श्रीमती, दुइ छोरा र दुई छोरी रहेका छन पौडेलका भाईहरु सहित सबैजसो परिबारका सदस्य नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन ।

करिब ३ वर्ष अगाडीबाट बिरामी परेका पौडेललाई पहिले छातीमा क्यान्सर भएको अनुमान गरिएको थियो । तर उपचार गर्दै जाँदा छातीमा नभएर घांटीमा क्यान्सर भएको पत्ता लागेको डा बुद्धिबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए।  डा थापाका अनुसार घांटीको क्यान्सर फैलिएर फोक्सोमा पुगेको र फोक्सोमा पानी जम्ने  समस्या भएपछी पौडेलको उपचार फेवासिटि अस्पतालमा हुने गरेको थियो ।

फोक्सोमा पानी जमेपछी स्वास्थमा असहज हुँदा केहि दिन बिराएर अस्पताल आउने र उपचार गर्ने अनि आफ्नो निवास पुम्दी गएर बस्ने क्रम चलिरहेकोमा केहि दिन यता भने पौडेल अस्पतालमा नै रहेका थिए ।

बिरामी अबस्थामा र बयोबृद्ध अबस्थामा रहेपनि पौडेलले पार्टी संगठन प्रति चिन्ता प्रकट गर्दै आएका थिए ।उनले आफुलाई भेट्न जाने नेता कार्यकर्ता तथा अन्य व्यक्तित्वहरु संगपनि देश, प्रजातन्त्र र नेपाली कांग्रेस कम्जोर हुन नदिन सबैलाई सुझाब दिंदै आएका थिए ।

आफुलाई भेट्न आउनेहरुमध्ये अधिकांशसंग पौडेलले आफ्नो स्वास्थअवस्था संगै मुलुकको राजनीतिक अवस्था बिग्रदै गएको भन्दै चिन्ता ब्यक्त गर्नेगरेका थिए। उनले नेपाली काँग्रेसले बिग्रेको राजनीतिलाई समेत मिलाएर नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यस्तो हुन नसकेको र पार्टी संगठन राष्ट्रिय रुपमा मात्र नभएर जिल्लास्तरमा समेत कमजोर बन्दै गएकोले जिम्मेबार बन्न कार्यकर्तालाई सुझाब दिने गरेका थिए  ।

पार्टी संगठनको काम र प्रजातान्त्रिक आन्दोलनको दौरानमा नेपाली काँग्रेसका सबैजसो नेता र तल्लो तहका कार्यकर्तासंग पनि राम्रो सम्बन्ध स्थापित भएका पौडेल लाभको वा सुबिधाको पदमा भने खासै पुगेनन्। नेपाल र भारतमा बसेर कांग्रेसको संगठनमा लागेदेखि नै उनको सम्बन्ध  नेपाली काँग्रेसका नेताहरु बिपी कोइराला,  गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शैलजा कोइराला, शुशील कोइरालालगायत संग राम्रो रहेको थियो भने समकालीन नेताहरु शेरबहादुर देउबा, रामचन्द्र पौडेल सहित अन्यसंग पनि उनि निकट रहेको मानिन्थ्यो ।

लामो समय काँग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आएको र काँग्रेस पटक पटक सरकारमा रहेको भएपनि पौडेल लाभको पदमा भने खासै पुगेनन् । उनलाई  तत्कालिन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछी कास्की – २ मा रिक्त प्रतिनिधिसभा सदस्यको निर्बाचनको बेला मात्र नेपाली काँग्रेसले उमेद्वार बनाएको थियो, तर नेकपा एमालेको तर्फबाट उमेद्वार बनेकी रबिन्द्रकि धर्मपत्नी बिद्या भट्टराईबाट नै पौडेल पराजित हुनुपरेको थियो  ।

३० चैत्र २०८०, शुक्रबार १२:०९ मा प्रकाशित
Nabintech