Play

कालिका गण स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीद्बारा रक्तदान

गुरुकुल खबर


पोखरा, सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पोखरा महानगरपालिका -५ मा रहेको कालिका गण कास्कीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा गणमा कार्यरत ६६  जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा संकलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा संचालित प्रादेशिक रक्तसंचार सेवा  पोखरालाई हस्तान्तरण गरिएको थियो।

२०६१ साल  चैत्र २१ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १० औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरुसंग सहकार्य गरेर अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरेको बताइएको छ

जसअनुसार खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान गरी सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरिएको थियो। कालिका गणलाई गण्डकी प्रदेशमा विपद्  उद्दारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ।

२१ चैत्र २०८०, बुधबार १६:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा