Play

कास्की एमालेमा खगराज पक्षधरको ‘कमब्याक’, पृथ्वीसुब्बा पक्षको अप्रत्याशित पराजय

गुरुकुल खबर


पोखरा, नेकपा एमाले कास्कीमा नया ध्रुविकरण भएको छ। यस अगाडी सम्म पार्टीका उपमहासचिब पृथ्बीसुब्बा गुरुङ पक्ष बलियो मानिएको कास्कीमा यसपटक भने स्थायीसमिति सदस्य एबम पूर्व संगठन बिभाग प्रमुख  खगराज अधिकारी पक्ष बलियो देखिएको छ । एमाले कास्कीको बुधबार सम्पन्न मतगणनाको परिणामले कास्कीमा अधिकारी पक्षलाई बलियो साबित गरिदिएको छ । यो अधिबेशनसंगै कास्की एमालेमा नेता खगराज अधिकारी पक्षको कम्ब्याक भएको टिप्पणी हुन लागेको छ ।

मंगलबार साँझ ७.४० बजेबाट शुरु भएको मतदान कार्यक्रम बुधबार ढिलो सम्म चलेको थियो। त्यसपछि भएको मतगणनामा अधिकारी पक्षका बैनबहादुर क्षेत्री सहितको प्यानल नै बिजयी भएको हो। क्षेत्रीले गुरुङ पक्षका उमेद्वार मानिने माधव बाँस्तोलालाई २ सय ४ मतले पराजित गर्न सफल भए । क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी बाँस्तोलाले भने ३ सय ४७ मतमा नै चित्त बुझाउनुपरेको छ ।

मतदान अगाडी गुरुकुल खबरसंग कुरा गर्दै गुरुङ पक्षका एक नेताले कास्कीका ९ सय भन्दा बढी अधिबेशन प्रतिनिधिहरु मध्ये  ६ सय बढी गुरुङ खेमाका रहेको दाबी गरेका थिए। तर अध्यक्ष पदमा गुरुङ पक्षका बास्तोलाको मत ३ सय ४७ मात्र आउनुले गुरुङ समर्थक नेता कार्यकर्ताहरुले नै यसपटक गुट परिबर्तन गरि अप्रत्याशित निर्णय गरेको अनुमान गरिएको छ ।

यसपटक गुरुङ पक्षका नेता कार्यकर्ताहरु बीच कसलाई अध्यक्षको उमेद्वार बनाउने भन्ने कुरा समयमा नै टुंगो लाग्न सकेन। अध्यक्षको लागि माधव बाँस्तोला सहित दिपक पौडेल र तेजनारायण अधिकारी इछ्युक देखिएको भएपनि अन्तिममा माधव बास्तोलालाई उमेद्वार बनाइएको थियो । माधव अध्यक्षको उमेद्वार बन्ने पक्का भएसंगै कार्यकर्ताहरुमाझ अध्यक्षमा बैनबहादुरले जित्ने चर्चाले ब्यापकता पाएको थियो जिल्ला समितिका उपाध्यक्ष तेजनारायण वा पार्टीको विभिन्न समितिमा काम गरेका दिपकलाइ उमेद्वार नबनाएर पार्टीको समितिमा रहेर काम नगरेका माधवलाई उमेद्वार बनाउनु नै गुरुङ पक्षको कमजोरी भएको चर्चा चलिरहेको छ माधवले युवा संघमा भने काम गरेका हुन्

तेजनारायण वा दिपक उमेद्वार बनाएको भए यो अवस्था आउने थिएन- एक एमालेका जिल्ला स्तरीय नेताले गुरुकुलसंग भने। तर कतिपयले भने कास्की जिल्ला खगराज अधिकारीको आफ्नो जिल्ला भएकोले मात्र नभएर उमेद्वार चयन गर्दा सकेसम्म आफ्नो पक्षकालाई समेटेर टिम बनाइएकोले अधिकारी पक्षका नेता कार्यकर्ताहरु बीच मिलन देखिएको थियो। यसबाहे अब फेरी पनि गण्डकी प्रदेशको  मुख्यमन्त्री  अधिकारी बन्ने सम्भावना रहेकोले पनि अधिकारी पक्ष बलियो बनेको टिप्पणी गरेका छन् । यसका साथै बैनबहादुरको व्यक्तिगत सम्बन्ध र व्यक्तित्वले पनि चुनाबमा प्रभाव परेको अनुमान गरिएको छ।

अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्रीसंगै  माधव बास्तोला र विवेक त्रिपाठीले प्रतिष्पर्धा गरेको भए पनि त्रिपाठीले भने १७ मत मात्र प्राप्त  गरे।

उपाध्यक्षमा पनि अधिकारी पक्षका  भेषराज बराल बिजयी भए । बरालले प्रतिष्पर्धी शिव आचार्यलाई १ सय ३९ मतले पछाडि पार्दै बिजयी भएका हुन् । बिजयी बरालले ५ सय २७ मत ल्याएर बिजयी हुँदा प्रतिष्पर्धी आचार्यले ३ सय ८८ मत प्राप्त गरे ।

सचिवमा पनि अधिकारी पक्षकै दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३ सय २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसचिव (महिला)मा अधिकारी प्यानलकै सन्तुदेवी सुवेदी बिजयी भएकी छन् । उनले प्रतिष्पर्धी राधिका शाही योगीलाई १ सय ६६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । बिजयी सुवेदीले ५ सय १० मत प्राप्त गर्दा योगीले ३ सय ४४ मत तथा अर्की प्रतिष्पर्धी संगीता सुवेदीले ६१ मत प्राप्त गरिन् ।

अर्को उपसचिवमा पनि अधिकारी प्यानलकै लालबहादुर परियार बिजयी भए । उनले प्रतिष्पर्धी गीतादेवी विश्वकर्मालाई २सय ४७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी परियारले ५सय ८१ मत प्राप्त गर्दा पराजित विश्वकर्माले ३सय ३४ मत प्राप्त गरे ।

खुल्ला ५ सदस्यमा झपट रानाभाट ५ सय ६७, ईमानराज पौडेल ५ सय ३५, तोरणबहादुर बानिया ५ सय ७७, बलराम पौडेल ५सय ८, मोहन सुवेदी ६सय १९ मत ल्याएर बिजयी भएका छन् । महिला ३ सदस्यमा उषा बरुवाल ५ सय २९, कल्पना भवाँजी क्षेत्री ४ सय ९७ र विष्णु सुवेदी  ५सय ५ मत ल्याएर बिजयी भएका छन्  ।

१६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे भएपनि मतदान प्रक्रियामा ढिलाई हुनुको कारण मतगना ढिलो गरि सम्पन्न भएको  बुझिएको छ।

१४ चैत्र २०८०, बुधबार २२:४३ मा प्रकाशित
Nabintech