Play

लायन्स पोखरा लेकसिटीको नया समिति, अध्यक्षमा मर्सानी

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा लेकसिटीले लायन वर्ष २०२४÷०२५ को लागि विद्याप्रसाद मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको निवर्तमान अध्यक्ष सोभितमान बुद्धाचार्य रहेका छन् भने प्रथम उपाध्यक्षमा सुदीप प्रधानाङ्ग, द्धितीय उपाध्यक्षमा सत्यनारायण मण्डल,तृतीय उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ,सचिवमा मोहन बास्तोला,सहसचिवमा राजेशमान बुद्धाचार्य र कोषाध्यक्षमा प्रेम शेरचन रहेका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनले एलसीआइएफ को–अर्डिनेटरमा विन्दुकुमार थापा ,मार्केटिकङ एण्ड कम्युुनिकेसन चियरपर्सनमा दशरथमान बुद्धाचार्य ,क्लब सर्भिस चियरपर्सनमा मोहनसिंह लालचन,प्रोगाम को–अर्डिनेटर चियरपर्सनमा नारायण शर्मा ,इन्फर्मेसन एण्ड टेक्नोलोजी चियरपर्सनमा वैभव पौडेल, मेम्बरसीप चियरपर्सनमा सुशिन ताङ्वे लामा, इन्टरनेसनल निर्देशकमा अनिल ताङ्वे, एजुकेसन डाइरेक्टरमा टेकमान प्रधानाङ्ग हेल्थ डाइरेक्टर आनन्दराज बतास, स्पोर्टस् डाइरेक्टरमा खेम गुरुङ र वातावरण निर्देशकमा विमलमान गुभाजुलाई जिम्मेवारी सुम्पेको छ ।

कैलाश पालिखे संयोजक तथा टोपबहादुर थापा र हरिश्चन्द्र रञ्जित सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न गराएको हो ।

१० चैत्र २०८०, शनिबार २०:१८ मा प्रकाशित
Nabintech