Play

गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्ष गुरुङ सर्वसम्मत

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित भएका छन् ।  पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् ।

यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले जानकारी दिएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिंदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गरे । यसै गरी प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषदले विगत ६ महिना यता भरमग्दुर प्रयासहरु जारी राखेको बताउँदै खेलसंघहरुमा शुसासनको अवस्था बलियो नवने सम्म खेलकुदको विकासमा बाधा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायण प्रसाद शर्माले आफ्ना भनाई राखेका थिए ।

७ चैत्र २०८०, बुधबार २०:३० मा प्रकाशित
Nabintech