Play

पर्यटकीय राजधानी घोषणापछि पोखरामा पहिलो फेवा नबवर्ष महोत्सब

चैत्र २९ देखि बैसाख १ गतेसम्म महोत्सब हुने, होटेलहरुमा २० प्रतिशत छुट दिईने


गुरुकुल खबर


पोखरा, पर्यटकीय राजधानी घोषणा भएपछि पहिलो पटक पोखरामा फेवा नबबर्ष महोत्सब हुँदैछ । पोखराका होटेल ब्यबसायीको संस्था पोखरा होटेल संघले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म उक्त महोत्सब आयोजना गर्न लागेको हो ।

१९ औं शृंखलाको फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न  मूल आयोजक समिति र बिभिन्न उपसमितिहरु गठन गरिएको र तिनले आफ्नो कामलाई तीव्रता दिएका छन् ।

महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न पहिलो बैठकमा विभिन्न २१ वटा उपसमितिहरु गठन गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उपसमितिका संयोजकहरुलाई जिम्मेवारी बाँठफाँडका अतिरिक्त लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकहरु समेत तोकिएको छ ।

संघका उपाध्यक्षहरु दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रशारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्व अध्यक्ष एवं सल्लाहकारहरुले महोत्सवको अनुगमन गर्ने छन्।

बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको थियो ।  उक्त खुसियाली तथा महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनाहरुलाई २० प्रतिशत सम्म छुट प्रदान गरिने आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ बर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्धेश्य सहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुने छ ।

ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने जनाइएको छ। अम्बोट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुने छन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।

बैठकका अवसरमा संघका संस्थापक अध्यक्ष रमेशवहादुर भट्टराई, हानका केन्द्रिय सदस्य भरतराज पराजुली, हानका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, संघका सल्लाहकारहरु गोविन्दराज पहारी, लक्ष्मीवहादुर भट्टराई लगायतले महोत्सवलाई सफल पार्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संघका महासचिव राजेन्द्र ढकालले संचालन गरेका थिए ।

महोत्सब सम्पन्न गर्न गठित विभिन्न समितिहरु मध्ये महोत्सब संयोजक र प्रायोजक ब्यबस्थापन समितिमा अध्यक्ष लक्ष्मण सुबेदी, अथिति सत्कारमा विकल तुलाचन,महोत्सब अनुगमनमा पूर्व अध्यक्षहरु र सल्लाहकारहरु, प्रायोजक ब्यानर ब्यबस्थापनमा दिपक श्रेष्ठ,  बिक्रि वितरणमा गणेशराज पहारी र प्रचार प्रसारमा राजेन्द्र ढकाललाइ संयोजक राखिएको छ।

यसै गरि स्टल एबम सचिबलायमा पार्वती पाण्डे, आर्थिक ब्यबस्थापनमा नेत्र प्रसाद पौडेल, संस्कृतिक कार्यक्रममा बैभव पौडेल, खानेपानी,बाताबरण एबम सरसफाईमा महदत्त भुषाल र महादेव भण्डारी, सांस्कृतिक झाँकी ब्यबस्थापनमा डिल्लीराम गौतम, पम्फा पहारी, बिकाश केसी र तेज बहादुर गुरुङ, ब्यानर छपाईमा सरोज अधिकारी, कल्पना बराल, शिबप्रसाद अधिकारी, साउण्ड सिस्टममा खिम बहादुर ढकाल तथा बिद्युत र सडक बत्ति सजाबटमा अनिल श्रेष्ठ, हरिलाल तिमिल्सेना र आग्रह अर्याल लाइ संयोजक तोकिएको छ ।

यसैगरि खेलकूदमा हेमराज पहारी, पार्किंग ब्यबस्थापनमा दयानन्द पोखरेल, अनिल सिंह, भिमराज लामिछाने र गिरिराज अधिकारि, स्वास्थ एबम स्वयमसेवक ब्यबस्थापनमा हरि आचार्य र कुल बहादुर आचार्य,स्टेज र सडक सजावटमा बासु पहारी र शेखर पगेनी, स्टेज संस्कृतिक कार्यक्रममा शालिकराम पौडेल र भरतराज शर्मा, मेडिया समन्वयमा रुपनारायण ढकाल, र सचिवालयमा राम प्रसाद खनाल र सागर बराललाइ संयोजक तोकिएको छ ।

६ चैत्र २०८०, मंगलवार १८:३२ मा प्रकाशित
Nabintech