Play

गण्डकीका सांसद मनांगे र देबकोटाको नयाँ कदम, गण्डकी प्रदेश सरकारको निरन्तरताको सम्भावना

राप्रपा सरकारमा नगए पनि पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना बढ्दो


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेससंगको गठबन्धन भत्काएर नेकपा माओबादी केन्द्रले नेकपा एमालेसहितका दलसंग नया गठबन्धन बनाएपछि गण्डकी  प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा देखिएको संकट टर्ने सम्भाबना बढेको छ ।

मनांगबाट निर्बाचित स्वतन्त्र सांसद दिपक मनांगेले आफुलाई स्वतन्त्र सांसदको रुपमा अभिलेख कायम गरिदिन प्रदेशको संसद सचिबालयमा निबेदन दिनु र माओबादी केन्द्रको चुनाब चिन्हबाट सांसद बनेका गोरखाका फणिन्द्र देबकोटा समेत नया गठबन्धनमा जाने सम्भावना नदेखिनुले गण्डकी प्रदेशमा बिध्यमान राजनीतिक संकट टर्ने अबस्था आएको अनुमान गर्न सकिन्छ ।

राप्रपाले पनि काँग्रेससंगको गठबन्धन अन्य पार्टीसंगको भन्दा स्वाभाविक हुने विश्लेषण गरिरहेको बेला दिपक मनांगे र फणिन्द्र देबकोटाको कदमले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको देखिएको छ ।

मनांगबाट निर्बाचित सांसद राजिब गुरुङ अर्थात् दिपक मनांगे स्वतन्त्र सांसदको रुपमा निर्बाचित भएको भएपनि केहि महिना अगाडी उनि नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका थिए तर आइतबार उनले आफुलाई स्वतन्त्र सांसदको रुपमा अभिलेख राख्न संसद सचिबलायमा निबेदन दिएका छन ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेसका २७ जना नेकपा एमालेका २२ जना नेकपा माओबादी केन्द्रका ८ जना राप्रपाका २ जना र स्वतन्त्र सांसद दिपक मनांगे गरि ६० जना सांसद छन् । कुनै पनि सरकारले बहुमत पुर्याउन ३१ जना सांसद चाहिन्छ ।

पछिल्लो गठबन्धन बनेपछि एमाले माओबादी संगै एकीकृत समाजबादी एकै ठाउँमा हुने भएकोले काँग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारलाई बिस्वासको मत लिंदा ३१ मत पुग्न कठिन हुने अवस्था देखिएको थियो । तर काँग्रेस बाहेकको सरकार बनाउन पनि राप्रपाले साथ नदिदा सम्म एमाले वा माओबादी नेतृत्वको सरकार बन्न सक्ने अवस्था थिएन ।

जसका कारण अधिकांशले गण्डकी प्रदेशमा मध्यावधी चुनाब हुन सक्ने अनुमान गरेका थिए । यो अबस्थामा नेकपा एकीकृतमा गएको भनिएका दिपक मनांगेले उक्त पार्टीको सांसदको अभिलेख बाट आफ्नो नाम हटाएर स्वतन्त्र सांसदको रुपमा अभिलेख कायम गर्न निबेदन दिएपछि गण्डकी प्रदेशको राजनीति नया कोर्षमा जाने देखिएको हो ।

अब मुख्य मन्त्री पाण्डेले राप्रपाका दुई जना र बाबुराम भट्टराई नेतृत्वको पार्टीका एकजना सांसद फणिन्द्र देबकोटालाइ आफ्नो समर्थनमा ल्याउन सकेमा बर्तमान सरकारले नै निरन्तरता पाउने र अर्को सरकारको सम्भावना वा चुनाबको सम्भावना समेत टर्ने देखिएको छ। यसै क्रममा राप्रपाका सांसदहरु र गण्डकीका मुख्य मन्त्री पाण्डेका बीच विभिन्न चरणमा छलफल समेत भैसकेको बुझिएको छ । राप्रपाका सांसदहरुलाई आफ्नो पक्षमा पार्न नेकपा एमालेका नेता एबम पूर्व मुख्य मन्त्री खगराज अधिकारि समेत प्रयासरत देखिन्छन । अधिकारीले पोखरामा रहेका प्रधानमन्त्री प्रचण्डसंग राप्रपाका सांसदहरुलाई भेट्न लगाएर आफ्नो पक्षमा लाग्न आग्रह गरेको बताईन्छ ।

बाबुराम भट्टराई नेतृत्वको पार्टीका सांसद फणिन्द्र यस अगाडिको निर्बाचनमा नेकपा माओबादी केन्द्रको चुनाब चिन्हबाट प्रदेश सांसद बनेको भएपनि बाबुरामले आफ्नो पार्टीको तर्फबाट संसदमा पुगेकाहरुको अभिलेख माओबादी केन्द्रबाट हटाएर छुट्टै बनाउनको लागि निर्बाचन आयोग र संसदीय दलमा समेत निबेदन दिईसकेको छन  ।

यसैबीच बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीको भएर पनि माओबादी केन्द्रको चुनाब चिन्हबाट सांसद बनेका फणिन्द्र देवकोटाले गुरुकुल खबरसंग कुरा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सोमबार हुने र बैठकबाट हुने राजनीतिक निर्णय अनुसार अगाडी बढ्ने बताए । “म नेपाल समाजबादी पार्टीको नेता र कार्यकर्ता समेत हो, संविधानले दिएको अधिकार प्रयोग गरेर म नेकपा माओबादी केन्द्रको चुनाब चिन्ह लिएर चुनाब लडेको भए पनि सम्बिधानत नेपाल समाजबादी पार्टी छुट्टै पार्टी भएकोले माओबादी केन्द्रले गरेको निर्णयलाई नै मान्न म सहितका साथीहरु बाध्य छैनौं”।

नेपाल समाजबादी पार्टी र माओबादी केन्द्रको बिचमा एकता भएको कुरा बाहिर आएको छ नि भन्ने प्रश्नको उत्तरमा उनले भने ” केहि साथीहरु माओबादीमा जानुभएको सुनियो, तर पार्टीको अध्यक्ष बाबुराम भट्टराई सहितको केन्द्रीय समिति बसेर सोमबार नै मुलुकको राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्ने छौं । मलाइ बिश्वास छ नया गठबन्धनमा गएर जनताले दिएको म्यान्डेटलाइ बेवास्ता गर्ने अनि राजनीतिक अस्थिरता बढाउने र ५ वर्ष नबित्दै चुनाब गर्नेतर्फ हाम्रो पार्टीले निर्णय गर्दैन “।

बिनाकारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको टिप्पणी देबकोटाले गरे । उनले भने, ‘गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन म प्रतिबद्ध छु ।’

यसैगरी अर्का सांसद दिपक मनांगेले पनि केन्द्रको गठबन्धनले एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्‍याउन सहज नहुने बताए । नयाँ गठबन्धनले पनि बहुमत नपुर्‍याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने उनको भनाई छ ।

‘केन्द्रको गठबन्धनले मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ,’ मनाङेले भने, ‘म मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा छु ।’ मनाङेले कांग्रेसको सरकारलाई समर्थन गर्न सक्ने देखिएको छ ।

नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहेको बेला मनांगे र देबकोटाको कदमले गण्डकी प्रदेशको राजनीति नया ढंगबाट अगाडी बढ्ने देखिएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक ठगी गरेको नेसपाको निष्कर्ष

नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीति ठगी गरेको निष्कर्ष निकाल्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ ।  आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशका कार्यकारी प्रधानमन्त्रीबाट अध्यक्षलाई थाहै नदिई एकताको नाटक मञ्चन गर्नु राजनीति ठगी भएको निष्कर्ष निकालेको हो ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ । उहाँ सबैको नेता हो । कुनै गुट वा पार्टीको नेता होइन । त्यस्तो हाइ लेबलमा भएको मान्छे, एउटा कार्यकारी निकायमा भएका मान्छेले पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई कुनै जानकारी नदिई, कुनै संवाद नगरी, केही मान्छेसँग एकता गर्ने निर्णय गरे यो राजनीति ठगी हो । यो गैरराजनीति कार्य हो । यो अनैतिक कार्य हो । यस्तो खालको गैरराजनीति कार्य नगर्न बैठकले आग्रह गरेको छ’, बैठकपछि मिडिया हेर्ने जिम्मेवारी पाएका नेता कृष्णप्रसाद शर्माले भने ।

प्रचण्डको यस्ता खालको क्रियाकलापले राजनीतिलाई झनै प्रदूषित बनाउने र बाहिर राम्रो सन्देश नजाने शर्माले बताए । प्रधानमन्त्री जस्तो व्यक्तिले राजनीति सुद्धीकरण गर्नुपर्नेमा छलछामको राजनीति गरेको उनले आरोप लगाए ।

४ चैत्र २०८०, आईतवार २०:२८ मा प्रकाशित
Nabintech