Play

मन्टेश्वरी एसोसिएसन कास्कीद्वारा आयोजित अभिभावक शिक्षा कार्यक्रम सम्बन्धि तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा, मन्टेश्वरी एसोसिएसन कास्कीद्वारा पोखरामा आयोजित अभिभावक शिक्षा कार्यक्रम सम्बन्धि  तिन दिने तालिम सम्पन्न भएको छ।  तालिममा पोखरामा संचालनमा रहेका विभिन्न मन्टेश्वरी स्कुलका ४५ जना संचालक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो  ।

भर्खर बिध्यालय जाने उमेरका बालबालिकाहरुलाई ब्यबहारिक रुपमा शिक्षा दिने प्रि प्राइमरी स्कुलहरुलाई नै मन्टेश्वरी भन्ने गरिएको छ। पोखरा र कास्की जिल्ला भित्र करिब १ सयको संख्यामा मन्टेश्वोरी स्कुल सन्चालनमा रहेपनि मन्टेश्वरी एसोसिएसन कास्कीमा भने करिब ५० वटा मात्र आबद्ध रहेको छन् । मन्टेश्वरी स्कुलको शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउनकोलागि  तिन दिने तालिमको आयोजना गरिएको हो ।

तालिम कार्यक्रमको समापनको अबसरमा पोखरा महानगरपालिकाका उप प्रमुख मन्जुदेबी गुरुंगले  सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बालबालिकाको मनोविज्ञान बुझेर सोहि अनुरुपको शिक्षा दिनसके बालबालिकाको शारीरिक संगै मानसिक विकासमा टेवा पुग्ने बताइन ।  उनले मन्टेश्वरी स्कुलको पूर्वाधार बालबालिका  मैत्री हुनुपर्ने र  सिकाई पद्दति पनि ब्यबहारिक हुनुपर्नेमा जोड दिईन ।

मन्टेश्वरी एसोसिएसन कास्कीकी अध्यक्ष भवानी अधिकारी बरालको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, मन्टेश्वरी एसोसिएसन कास्कीकी संस्थापक अध्यक्ष अरुणा शेरचन, अर्की पूर्व अध्यक्ष एबम प्रशिक्षक मिलन केसी र प्रशिक्षक लक्ष्मी शर्मा र कार्यक्रम संयोजक संगीता न्यौपानका साथै संस्थाकी सचिब रितादेबी सुबेदी लगाएतले आआफ्नो भनाई राखेका थिए ।

एसोसिएसनको कास्की जिल्ला अध्यक्ष भवानी अधिकारीले गुरुकुल खबरलाई  दिएको जानकारी अनुसार कास्की जिल्लाभित्र संचालित मन्टेश्वरीहरुमा २ देखि ८ वर्षसम्मका करिब ६० हजार बालबालिका अध्ययनरत रहेको र तिनमा करिब ८ सय जनाले शिक्षक वा कर्मचारीको रुपमा रोजगारी पाएको छन् ।

 

३० फाल्गुन २०८०, बुधबार १५:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा