Play

माछापुछ्रे बैंक कर्मचारी संघको अधिबेशन, अध्यक्षमा घिमिरे

गुरुकुल खबर


पोखरा । माछापुछ्रे बैंक कर्मचारी संघको पोखरामा सम्पन्न तेश्रो अधिबेशनबाट बंशिधर घिमिरे अध्यक्ष पदमा सर्बसम्मत रुपमा निर्बाचित भएका छन्  शनिवार पोखरामा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा गणेशराज जोशी, उपाध्यक्षमा विनोदनिधि तिवारी दीपक श्रेष्ठ तथा महिला उपाध्यक्षमा संगीता कुँवर, महासचिवमा तलाश श्रेष्ठ, सचिवमा सञ्जय रानामगर, प्रेमबहादुर भण्डारी विनय खड्का, कोषाध्यक्षमा हीरा केसी सहकोषाध्यक्षमा मञ्जु सापकोटा चयन भएका छन् ।

यसैगरी, संघको कार्यसमिति सदस्यहरुमा करुण गौतम, किशोर पन्त, धनराज श्रेष्ठ, लोकबहादुर बस्नेत, महेश कार्की, प्रकाश भण्डारी उपेन्द्र कार्की चयन भएकासंघका संस्थापक अध्यक्ष विकास श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए

महाधिवेशनले कोशी संयोजकमा रितिका तुलाधर, मधेश संयोजकमा मणिकलाल महतो, बागमती संयोजकमा रोशन पाठक, गण्डकी संयोजकमा सलिना श्रेष्ठ, लुम्बिनी संयोजकमा मानबहादुर गुरुङ, कर्णाली संयोजकमा कर्णबहादुर सिंह र सुदूरपश्चिम संयोजकमा जय पाठक चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन  गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले २०४८ सालमा उदारअर्थतन्त्रको जगमा टेकेर स्थापित माछापुच्छ्रे बैंकसँग आफ्नो आत्मिय सम्बन्ध भएको मात्र बताए, उनले वित्तीय स्थिरता रोजगारी सिर्जनामा बैंकले दिएको योगदानको प्रशंसा पनि गरेका थिए

बैंकका अध्यक्ष रोशन केसीले जुनियर कर्मचारीहरुको उन्ननयमा बैंकले ध्यान दिने बताउँदै संस्थालाई सय प्रतिशत योगदान दिनुहोस्, हामी तपाईंहरुलाई सय प्रतिशत नै योगदान दिन्छौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानको लागि सामूहिक प्रयासको खाँचो रहेको अध्यक्ष केसीको भनाइ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्थामाथि भएको सुनियोजित आक्रमणले कसैको भलो नगर्ने बताए। कर्मचारीहरुको सुरक्षा उन्नयनमा बैंक व्यवस्थापन सदैव लागिरहने उनको भनाइ थियो ।

गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले निजी क्षेत्रसँग मिलेर काम गर्न प्रदेश सरकार तयार भएको बताए।

नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले पछिल्लो समयका आर्थिक सूचाङ्कहरु सकारात्मक भएको बताउँदै नियमनकारी निकायहरुको निर्देशनलाई अक्षरशः पालना गर्न बैंकहरुलाई आग्रह गरिन्

संघका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारी युनियनको छाता संगठन (फिओन) का वरिष्ठ उपाध्यक्ष परशुराम खनाल, बैंकका सहायक महाप्रबन्धक सुवास जमरकट्टेल, फिओनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल इन्भेष्टमेण्ट मेघा बैंक कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारी, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष सीताराम केसी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, संघका महासचिव बिनोदनिधि तिवारी लगाएतले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भएकोआक्रमणको डटेर सामना गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

माछापुच्छ्रे बैंकका कर्मचारीहरुले विकास श्रेष्ठको नेतृत्वमा वर्षअघि ट्रेड युनियन संगठनको रुपमा माछापुछ्रे बैंक कर्मचारी संघ गठन गरेका थिए

 

२८ फाल्गुन २०८०, सोमबार १५:२२ मा प्रकाशित
Nabintech