Play

पोखराका काँग्रेस नेता अधिकारीलाई पितृशोक

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका नेता एबम पूर्व प्राध्यापक धर्मराज अधिकारीलाई पितृशोक परेको छ । धर्मका पिता तारानाथ अधिकारीको ९२ बर्षको उमेरमा हालै निधन भएको हो।  पोखरा महानगरपालिका -६ बैदाम निबासी तारानाथ अधिकारी लामो समय देखि नेपाली काँग्रेसको क्रियाशील सदस्य थिए केहि महिना देखि अस्वस्थ महशुस गरेका अधिकारीको गत बिहिबार निधन भएको हो ।

अधिकारीका ४ छोरा हरु मध्ये जेठा छोरा भक्तराज अधिकारीको पहिले नै निधन भैसकेको छ ।  कान्छा छोरा जनकराज अधिकारीको पनि गत साउन महिनामा निधन भएको थियो ।

माइला छोरा एकराज अधिकारी पनि नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेका छन् ।

साईला छोरा धर्मराज अधिकारी बिगतमा नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य, प्रजातान्त्रिक बिचार समाजको केन्द्रीय सदस्य समेत रहेका थिए। उनि नेपाली काँग्रेस पोखरामहानगर पालिका वार्ड ६ को सभापति समेत रहेर काम गरेको थिए ।

केहि वर्षदेखि जापानमा बस्दै आएका धर्मराज अधिकारीले अब भने नेपालमा नै बस्ने सोचमा रहेको गुरुकुल खबरलाई बताए ।

२४ फाल्गुन २०८०, बिहीबार ०८:३० मा प्रकाशित
Nabintech