Play

नयाँ गठबन्धनको असर प्रदेश सरकारमा, गण्डकी र सुदुर पश्चिममा मन्त्री बर्खास्त, कर्णालीमा मन्त्रीको राजिनामा

गुरुकुल खबर


पोखरा, नेकपा माओबादीले नेपाली काँग्रेस संगको गठबन्धन तोडेर नेकपा एमालेसंग नया गठबन्धन बनाए लगत्ते केन्द्र सरकार देखि प्रदेश सरकारमा पनि असर परेको छ। केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सहित पुराना मन्त्रीहरु हटाएर माओबादी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित सानो मन्त्रीमण्डल बनाएका छन् यस लगत्ते विभिन्न प्रदेश सरकारमा पनि नया समिकरणको असर देखिएको छ ।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् । अब गण्डकी प्रदेश सरकारमा काँग्रेसका मात्र मन्त्री रहेका छन्

गण्डकी प्रदेशमा काँग्रेसका २७ जना सांसद छन् गण्डकीमा राप्रपाका दुइ जना र एकीकृत समाजबादीका १ जना सांसद छन् काँग्रेसले सरकार टिकाउन ३ जना राप्रपा र एकीकृत समाजबादीका सांसदलाई आफुसंग राख्ने पहल सुरु गरेको छ ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्री लाई बर्खास्त गरेका छन् ।  नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।

तर कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका ३ जना मन्त्री हरुले भने पत्रकार सम्मेलन गरेर राजिनामा दिएको जनाएका छन् ।

राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएकाे बताए।  कर्णाली प्रदेश सभामा कांग्रेसका  १४ सांसद रहेका छन् ।

कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।

२२ फाल्गुन २०८०, मंगलवार १४:३७ मा प्रकाशित
Nabintech