Play

पोखराको बुलौदीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न ७ बुलौदीको ओरालो उकालो सडकमा शनिबार भएको मोटर साइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। लेकसाइडबाट जिरो किलोमिटरतर्फ आउदै गरेको बा प्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल बुलौदी सडकको डीभाईडरमा ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटनामा कैलाली जिल्ला सोरहनपुर् गाउँपालिका-३ घर भएका २८ बर्षीय महेश आचार्यको टाउकोमा चोट लागेर गम्भीर घाइते भएकोमा उपचारको क्रममा ४.१५ बजे मृत्यु भएको थियो।

यसैगरि मोटरसाइकलमा यात्रा गरेका अर्का कैलाली जिल्लाको जानकी गाउँपालिका -३ घर भएका ३० बर्षीय शैलेन्द्रकुमार उपाध्यायको पनि उपचारको क्रममा ४.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ मृतक दुवैजनाको टाउकोमा चोट लागेको बुझिएकोछ।

दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र मृतक दुवैको शब गण्डकी स्वास्थ बिज्ञान प्रतिस्थानमा राखिएको छ।

२० फाल्गुन २०८०, आईतवार १८:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा