Play

कांग्रेस सम्बद्ध किसान महासंघ कास्कीमा क्षेत्रिय सभापतिहरु मनोनयन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस सम्बद्ध किसानहरुको संस्था नेपाल  किसान महासंघ कास्कीले आफ्नो संगठन बिस्तार गर्ने क्रममा कास्की जिल्लाका ३ निर्बाचन क्षेत्रमा क्षेत्रिय सभापतिहरु मनोनयन गरेको छ।

यहि फागुनको पहिलो साता बसेको जिल्ला कार्य समितिको बैठकले गरेको निर्णय अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि क्षेत्रिय सभापति चयन गरिएको महासंघका कास्की जिल्ला अध्यक्ष पुण्डरी प्रसाद बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

जसअनुसार कास्की क्षेत्र न- १ को सभापतिमामा धनेश्वर न्यौपाने कास्की क्षेत्र न -२ को सभापतिमा  माधव चपागाई र कास्की- ३ को सभापतिमा रबि अधिकारी लाई मनोनयन गरिएको छ।

बैठकले महासंघको जिल्ला सदस्यमा मनोहारी सुबेदीलाई मनोनित गरेको समेत अध्यक्ष बरालले जानकारी दिए ।  

१३ फाल्गुन २०८०, आईतवार १५:१५ मा प्रकाशित
Nabintech