Play

हवाई रुटमा सहजीकरण भए पोखरा- ढाका उडान सम्भब छ- कबिर

गुरुकुल खबर


पोखरा, नेपालस्थित बंगलादेशी राजदूतावासका प्रथम सचिव मोहम्मद हुमायन कविरले हवाइ रुटमा सहजीकरण भए ढाका–पोखरा सोझो उडान सम्भव भएको बताएका छन् ।अहिले पनि हाम्रो (बंगलादेशी विमान) काठमाडौं–ढाका दुईवटा उडान भइरहेको छ, एउटा उडान  यहाँबाट नहुने भन्ने छैन,’उनले भने,‘ तर वातावरण सहज हुनुप¥यो ।’

शुक्रबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रथम सचिव मोहम्मद हुमायन कविरले बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र आगमी दिनमा अझ बढ्ने पनि बताए । उनले पाल र बंगालदेशबीचको पुरानो सम्बन्धको चर्चा गर्दै व्यापार तथा अन्य द्धिपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको बताए । नेपालको विद्युत उत्पादनसहितका क्षेत्रमा बंगलादेशले लगानी गरेको बताउँदै उनले विदेशी लगानीको लागि सजिलो वातावरण हुनुपर्नेमा जोड दिए ।

‘बंगलादेशमा विदेशी लगानी प्रोत्साहित गर्न विशेष सहुलियत दिइएको छ र हाम्रोमा लगानी बढेको छ,’उनले थपे । पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै उद्यमशीलता वृद्धिमा सघाउने उनको प्रतिवद्धता थियो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले युरोपहुँदै नेपाल आउने स्थलमार्ग (हिप्पी ट्रेल) ले नेपाल र बंगला देशको पर्यटन उद्योगलाई जोडेको बताउँदै पछिल्लो समय भएको बंगलादेशीको नेपाल भ्रमण सकारात्मक पक्ष भएको बताए। उनले नेपालबाट निर्यात हुने चिया,अदुवा,अलैंचीजस्ता बस्तुको आयात बढाउन थप सुविधा र सहजीकरणको माग पनि गरे ।

‘नेपालमा उत्पादित जडिबुटी अर्को निर्यातयोग्य बस्तु हो भन्ने हामीलाई लागेको छ,’उनले भने,‘नेपाल र बंगालादेशबीच भएको विद्युत व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन होस् भन्ने हामी चाहन्छौं ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनको लागि बंगलादेशमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न आफूहरुले तयारी थालेको बताए । यस्तै पोखरा–ढाका सिधा हवाइ उडानको व्यवस्थाको लागि पनि उनले आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको संचालन तथा कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा संघका कार्यसमिति सदस्य देवन्सन प्रजु, अर्का कार्यसमिति सदस्य एवं युवा उद्यमी मञ्च पोखराका अध्यक्ष निरन केसीलगायतले द्धिपक्षीय व्यापारलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।

४ फाल्गुन २०८०, शुक्रबार २०:५८ मा प्रकाशित
Nabintech