Play

चापाकोट महोत्सबमा गीत र नृत्य समेतको प्रस्तुति जारी, महोत्सवका सहयोगदाता र पत्रकार पराजुलीलाई सम्मान

रतेउली, कौडा , भजन , नौमती बाजा र बालनृत्य प्रतियोगिताको फाइनल आइतबार


गुरुकुल खबर


पोखरा, कास्कीको चापाकोटमा जारी चौथो चापाकोट देउराली सामुदायिक होमस्टे संस्कृतिक महोत्सब अन्तर्गत विभिन्न  प्रतियोगी समुहले  आफ्नो प्रस्तुति दिने क्रम शनिबार पनि जारी रह्यो जस अन्तर्गत खुल्ला रतेउली प्रतियोगिता, भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता, कौडा नृत्य प्रतियोगिता, सामुहिक बालनृत्य प्रतियोगिता र झाँकी प्रतियोगितामा भाग लिएका समूह र व्यक्तिले आआफ्नो समुहको प्रस्तुतिलाई निरन्तरता दिएका छन्।

यसै गरि शनिबार महोत्सब सफल पार्नका लागि आर्थिक सहयोग गर्ने चापाकोटका शिवलाल पराजुली र घनश्याम पराजुलीसंगै चापाकोटमा जन्मिएर पत्रकारिता क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाएका गंगाधर पराजुलीलाई  सम्मान गरियो।  सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमको प्रमुख अतिथि रहेका राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले सम्मान गरेका हुन् ।

माघ २४ देखि २८ गते सम्म चल्ने उक्त महोत्सबको लागि विभिन्न व्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गरेको छन् जसमध्ये शिवलाल पराजुलीले आफ्नो परिबारको तर्फबाट १ लाख ५० हजार रुपैया सहयोग गरेको र घनश्याम पराजुलीले ५० हजार रुपैया सहयोग गरेका थिए।  दुबैलाई सम्मानपत्र प्रदान गर्नुको साथै  दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने अन्य सहयोगदाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

यसै गरि चापाकोटमा जन्मिएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष रहेर नेपाली पत्रकारहरुको सेवा सुबिधा र पारिश्रमिकको सवालमा साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिता क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गंगाधर पराजुलीलाई सम्मान-पत्र र दोसल्लासहित सम्मान गरिएको थियो।  पराजुली हाल नेपाली काँग्रेसको केन्द्रीय प्रचार बिभागको सदस्य समेत रहेका छन् उनि गुरुकुल खबर अनलाइनका अध्यक्ष एबम प्रधान सम्पादक समेत हुन्।

सम्मान पछि आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले चापाकोट आफ्नो जन्मस्थल भएकोले पनि यस क्षेत्रको समग्र बिकासकोलागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले गाउँको भौतिक,सामाजिक, आर्थिक तथा पर्यटकीय बिकासकोलागि सरकारको बजेट लिनको लागि स्थानीय बासिन्दाहरुले विभिन्न तहका सरकार समक्ष निरन्तर लबिंग र दवाबमा सक्रिय रहनुपर्ने बताए।

देवकोटा चापाकोटमा जन्मिए पनि बारा जिल्लामा बसाईसराई गरेपछि बागमती प्रदेशमा रहेर राजनीतिमा सक्रिय छन् उनि यसअगाडी सत्तारुढ गठबन्धन दल मध्ये एकिकृत समाजबादीको तर्फबाट राष्ट्रिय सभामा निर्बाचित भएका थिए उनको पहलमा चापाकोटमा मोटर बाटो सहितको भौतिक बिकास निम्ति बजेट समेत छुट्टिएको र सोहि बजेटका आधारमा हाल बाटो निर्माण लगाएतका काम हरु भैरहेका छन् ।

कार्यक्रममा पोखरा पर्यटन प्रबर्धन समितिका उपाध्यक्ष रबिन्द्र पौडेल, महोत्सब आयोजक समितिका अध्यक्ष भिम पराजुली र सचिब जिबन सुनार लगायतले चापाकोट क्षेत्रको पर्यटन बिकास गर्न सकिने धेरै सम्भावना रहेको भन्दै विभिन्न तहका सरकारको ध्यानाकर्षण गराएका थिए ।

रतेउली प्रतियोगितातर्फ शनिबार शिबशक्ति आमा समूह ओखलढुंगा, पन्चासे परिबर्तनशिल समूह ठुलाखेत, पिपलडाली आमासमुह बरांग  र सिद्धबराह शिक्षिका समूह माझथुमले आआफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरंजन दिलाएका थिए । यसैगरि शुक्रबार हर्पननमुना आमा समूह, सिर्जनशिल आमा समूह, सामुदायिक स्वास्थ स्वयमसेवक संजाल, देउराली आमा समूह मार्गी, लाली गुराँस आमा समूह घडेरी, निर्बाने बुहारी आमा समूह र मार्गदर्शन आमा समूहले रतेउली गीत सहित नृत्य प्रस्तुत गरेका थिए आईतबार माझथुम आमा समुहले आफ्नो रतेउली प्रस्तुत गर्ने कार्यक्रम छ।

भजन प्रतियोगितातर्फ राधाकृष्ण भजन समूह र तनहुबाट आएको संजय ढकाल दाजु भाइ भजन समूहले शनिबार र पन्चासे भजन समूहले शुक्रबार आआफ्नो भजन प्रस्तुत गरेको थिए।  तर औसेलुचौर भजन समूह, लौरुक भजन समूह, घडेरी भजन समुहले आइतबारमात्र आआफ्नो भजन प्रस्तुत गर्नपाउने भएका छन्।

यसैगरि कौडानृत्य प्रतियोगितातर्फ सनराईज बोर्डिंग स्कुल रत्नचोकको दुई समूहका अतिरिक्त पुर्णिमा सांस्कृतिक कला केन्द्र महेन्द्रपुलले शनिबार र कृति सुनारको समूह अनि जनकल्याण बोर्डिंगको समूहले शुक्रबार आकर्षक कौडा नृत्य प्रस्तुत गरेका थिए।

बालनृत्य प्रतियोगितातर्फ सुप्रिया, सफलता र रश्मि सुनारको जोडीले संयुक्त बालनृत्य शनिबार प्रस्तुत गरेकोमा शुक्रबार सिद्ध बराह कक्षा ८ को समूह र असबी गुरुंगको झोरा बाल नृत्य प्रस्तुत गरिएको थियो।

नौमती बाजा प्रतियोगितातर्फ सगरमाथा नौमती बाजा छिनेडांडा, पन्चासे नौमती बाजा समूह हर्पन र राजु परियारको समूह आँधिखोलाले पनि आआफ्नो प्रस्तुति शुक्रबार नै गरेका छन् यस अघि चापाकोट नौमती बाजा समूहले र भूक देउराली नौमती बाजा समुहले आआफ्नो प्रस्तुति दिएका छन्।

यसका साथै चर्चित कलाकार चोलेन्द्र पौडेलले बिभिन्न गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए ।

प्रतियोगिता अन्तर्गत बाँकि रहेका विभिन्न समुहको संस्कृतिक कार्यक्रम आईतबार सकिने र सोहि दिन बिजेता घोषणा गरि पुरष्कृत गरिने जानकारी संस्कृतिक कार्यक्रमका संयोजक युबराज भण्डारीले जानकारी दिएका छन्।

महोत्सब अन्तर्गत आयोजित विभिन्न प्रतियोगिताको निर्णायकहरुमा सरला पाण्डे. बद्रि पराजुली र शिवहरी ढुंगाना रहेको चौथो चापाकोट देउराली सामुदायिक होमस्टे संस्कृतिक महोत्सवका सचिब जिबन सुनारले जानकारी दिए।

२७ माघ २०८०, शनिबार २२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा