Play

कांग्रेस निकट आदिबासी महासंघको अधिबेशन, कास्कीको सबै प्रदेशमा नयाँ कार्यसमिति

गुरुकुल खबर


पोखरा । संगठन निर्माण र बिस्तारको क्रमलाई तिब्रता दिईरहेको नेपाली काँग्नेसको भात्रीसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले  कास्कीको तिन निर्बाचन क्षेत्र अन्तरगतका छ  वटा प्रदेशमा प्रदेश स्तरीय अधिबेसन सम्पन्न गरि नया कार्यसमिति चयन गरेको छ ।

महासंघका कास्की जिल्लाका प्रबक्ता बुद्धिमान गुरुंगका अनुसार यहि माघ २१ गतेबाट सुरु भएको निर्बाचन क्षेत्र प्रदेश स्तरको अधिबेसन माघ २३ गते सकिएको थियो, सबै प्रदेशमा सहमतिको आधारमा नया कार्यसमिति चयन गरिएको समेत उनले जानकारी दिए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सम्पन्न प्रदेश अधिबेशन अन्तर्गत  कास्की क्षेत्र नं १ प्रदेश ‘क’ मा  विष्णु गुरुङको अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मिनबहादुर मगर र मञ्जु थापा, सचिवमा गणेशकुमार श्रेष्ठ र हेमराज गुरुङ, सह सचिवमा मिना कुमाल र गीता पुन र कोषाध्यक्षमा शिवबहादुर थापा चयन भएका छन् । कार्यसमितिको  सदस्यहरुमा कोपिलकुमारी कुमाल, प्रेमबहादुर गुरुङ, राजीन राई, नम्रता मगर र कृष्णबहादुर गुरुङ रहेका छन् ।

यसैगरी कास्कीको क्षेत्र नं १ प्रदेश ‘ख‘ मा सम्पन्न  प्रथम अधिवेशनले उदिम गुरुङको अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको  उपाध्यक्षमा सुचिता तामाङ र तारा राना मगर, सचिवमा सम्मर बहादुर श्रेष्ठ, सहसचिवमा मधु धौ बन्जरालाइ चयन गरिएको छ। कार्यसमिति सदस्यहरुमा तिलक लामा, मीनबहादुर गुरुङ, किरण गुरुङ, बिरमती गुरुङ, बेलवहादुर गुरुङ र  भोलामान गुरुङ लाई चयन गरिएको बताइएको छ ।

यसैगरी कास्कीको निर्बाचन  क्षेत्र नं २ अन्तर्गतको प्रदेश ‘क’ को प्रथम अधिवेशनले  चम्पासिं गुरुङको अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको लोकतान्त्रिक आदिबासी जनजाती महासंघका कास्की जिल्ला सचिब रिता गुरुङले जानकारी दिईन । उनका अनुसार प्रदेश समितिको उपाध्यक्षमा केमबहादुर गुरुङ र भुपेन्द्र थापा मगर, सचिवमा कविता गुरुङ र मनोज गुरुङ, सहसचिवमा सोमप्रसाद गुरुङ र देउकुमारी सारु मगर तथा कार्सयसमितिको सदस्यहरुमा सुशिला राना, कृष्णकुमार श्रेष्ठ, मेहरसिंह गुरुङ, शर्मिला गुरुङ, प्रियाकुमारी थापा र सुनिता गुरुङ सर्बसम्मत रुपमा निर्बाचित भएका छन्  ।

कास्कीको निर्बाचन क्षेत्र न २ अन्तर्गतको प्रदेश ख मा सम्पन्न अधिबेशनले राममाया मानन्धर लाई प्रदेश कार्यसमितिको अध्यक्ष पदमा निर्बाचित गरेको छ नब गठित प्रदेश कार्यसमितिको उपाध्यक्षमा पार्वती माकाजु र भवानी माकाजु, सचिवमा रनसुब्बा गुरुङ, सहसचिव गुप्ती गुरुङ र मिना माकाजुलाई निर्बाचित गरेको छ ।

कास्कीको निर्बाचन क्षेत्र नं ३ ‘क’ को प्रथम प्रदेश अधिवेशनले उत्तमकुमार तामाङअध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा तिर्थ गुरुङ र झलक बहादुर राना मगर, सचिवमा सूर्य बहादुर गुरुङ र सहसचिवमा गमाया पुन साथै  कार्यसमितिको सदस्यहरुमा कुमार गुरुङ, टेकबहादुर थापा मगर र अमिर गुरुङ लाई चयन गरिएको छ

यसैगरी कास्की निर्बाचन क्षेत्र नं ३ को प्रदेश ख मा सम्पन्न प्रदेश अधिबेशनले  टेक बहादुर गुरुङलाई अध्यक्षमा निर्बाचित गरेको छ प्रदेश अधिबेशन बाट गठित कार्यसमितिको उपाध्यक्षमा  श्यामबहादुर गुरुङ र अर्जुन गुरुङ, सचिवमा खेम बहादुर गुरुङ साथै सदस्यहरुमा भक्त बहादुर गुरुङ, ज्योति थापा मगर, तिलबहादुर गुरुङ, चेत बहादुर गुरुङ र जगप्रसाद गुरुङलाई निर्बाचित गरेको बुझिएको छ ।

आदिबासी जनजाती महासंघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङका अनुसार कास्कीका  ३ वटा  निर्बाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमिति निर्बाचित गर्नको लागि फागुन ५ गते क्षेत्रिय अधिबेशन हुनेछ भने कास्की  जिल्ला अधिवेशन फागुन १९ गतेका लागि तय गरिएको छ।

त्यसपछि हुने गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी चैत्र १७ र १८ गते हुने  बताइएको छ । महासंघको राष्ट्रिय महाधिवेशन भने २०८१ को जेठ २६,२७ र २८ गते काठमाडौंमा गरिने भएको छ ।

२४ माघ २०८०, बुधबार १९:१९ मा प्रकाशित
Nabintech