Play

कांग्रेसका केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियान

गुरुकुल खबर


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । सोमबार बसेको महाअभियानको बैठकले भण्डारीलाई संयोजक तोकेको हो ।

उक्त अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्वमा गठन भएको भएको थियो । अहिले पुनर्गठन गरी भण्डारीलाई संयोजक तोकिएको महाअभियानका सदस्य रामचन्द्र तिवारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको निर्णय छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गर्दै त्यसका लागि यो महाअभियानमा सत्य, निष्ठा र इमानदारिताका साथ निरन्तर क्रियाशील बन्ने विज्ञप्तिमा भनिएको छ ।

‘२०६२ साल मंसिर ७ गतेको १२ बुँदे सहमति र २०६२/६३ को १९ दिने आन्दोलनको समयमासमेत सनातन हिन्दुराष्ट्रविरुद्ध कुनै माग वा आग्रह प्रकट वा अप्रकटरुपमा भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएको महाअभियानको निष्कर्ष छ

‘९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले धर्म निरपेक्षताको मतियार बन्ने काम नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्ने संवैधानिक व्यवस्था गर्न नेपाली कांग्रेसले अविलम्ब पहल गर्नुपर्ने अनिवार्य आवश्यकताप्रति पार्टीको गम्भीर ध्यान आकृष्ट गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

२३ माघ २०८०, मंगलवार १२:३४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा