Play

गणेशमान सिंहका बारेमा लेखिएका पुस्तक नेपाली विभागको पुस्तकालयमा

गुरुकुल खबर


पोखरा, लौहपुरुष तथा सर्बमान्य नेताको रुपमा परिचित नेपाली काँग्रेसका नेता स्व. गणेशमान सिंहका बारेमा लेखिएका विभिन्न पुस्तकहरु पोखराको पृथ्वीनारायण क्याम्पस, नेपाली बिभागको पुस्तकालयलाई सोमबार हस्तान्तरण गरिएको छ। सोमबार क्याम्पसमा आयोजित एक कार्यक्रममा गणेशमान सिंह फाउन्डेसन द्वारा उपलब्ध गराईएका विभिन्न ५ वटा पुस्तकहरु नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले हस्तान्तरण गरेका थिए ।

गणेशमानको जिबनी, राजनीतिक संघर्ष, ब्यक्तित्व लगायत विभिन्न बिषयमा  घनेन्द्र पुरुष ढकाल र माथवर सिंह बस्न्यातले लेखेका लौहपुरुष, जन आन्दोलन-२०४६, मेरो कथाका पानाहरु खण्ड १,२ र ३  पुस्तकहरु त्यस अबसरमा हस्तातरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व राज्यमन्त्री शाहले शिक्षाबिना मानिसको जीबन अन्धकार हुने बताउदै शिक्षाको अभाबमा बेरोजगारी बढ्ने, दक्ष जनशक्तिको अभाब हुने भएकोले पनि शिक्षा अपरिहार्य रहेको बताए । नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा गणेशमान सिंह लगायत नेपाली काँग्रेसका नेताहरुको योगदान निकै महत्वपूर्ण रहेको भन्दै उनले गणेशमान सिंहको योगदान, त्याग र निष्ठालाई अनुशरण गर्नसक्ने हो भने मुलुकको राजनीतिमा देखिएका बिकृति र विसंगति समेत हट्ने बिश्वास ब्यक्त गरे ।

उनले पुस्तकालय र अध्ययन गर्ने कुरा आफ्नो पनि रुचिको बिषय भएकोले आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्न तयार रहेको जानकारी दिए।

गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका संयोजक  दुर्गा प्रसाद तिमिल्सेनाले गणेशमानको बारेमा बुझ्न र नेपालमा प्रजातन्त्र प्राप्तिको लागि भएका संघर्ष र आन्दोलनको बारेमा जान्न क्याम्पसमा पढ्ने बिद्यार्थीहरु र शिक्षकहरुको लागि किताबहरु उपयोगी हुने बिश्वास ब्यक्त गरे।

पृथ्वीनारायण क्याम्पस नेपाली बिभागका पूर्व प्रमुख प्रा डा कुसुमाकर न्यौपानेले आफु बिभागको प्रमुख हुँदा नेपाली बिभागको छुट्टै पुस्तकालय स्थापना गरिएको र विभिन्न व्यक्ति र संस्थाबाट सहयोग लिएर १० हजार भन्दा बढी पुस्तक संकलन गरिएको जानकारी दिए गणेशमानको बारेमा लेखिएका पुस्तकहरु पाउँदा पुस्तकालयमा गणेशमानसंघको उपस्थिति भएको अनुभूति आफुलाई भएको उनले बताए।

नेपाली विभागका प्रमुख डा यामनाथ तिमिल्सेनाले पुस्तकालयलाई अझ बिस्तार गर्नुपर्ने आबश्यकता रहेको बताए।

कार्यक्रममा नेपाली काँग्रेसको प्रचार प्रसार बिभागका केन्द्रीय सदस्य त्गंसमेत रहेका नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभिन्न  विषयका प्राध्यापकहरु, प्राध्यापक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघका प्रतिनिधिहरु, गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका सदस्य एबम नेपाली काँग्रेसका नेताहरु कुमार राना, मोहन गुरुङ र निलम बाटाजु सहित नेपाली काँग्रेस कास्कीका विभिन्न तहका ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

पोखरामा रहेको पृथ्वी नारायण क्याम्पस परिसरमा पश्चिमान्चल क्षेत्रिय पुस्तकालय समेत रहेको छ र त्यहाँ विभिन्न विषयका ५० हजार भन्दा बढी पुस्तकहरु रहेको छन् तर क्याम्पसमा विभागीय पुस्तकालयको रुपमा नेपाली बिभागले पुस्तकालय स्थापना गरेको सम्भबत यो नै पहिलो हो।

२२ माघ २०८०, सोमबार २१:१० मा प्रकाशित
Nabintech